काठमाडौँ । लुम्बिनी विकास बैंकले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७ सय २८ रुपियाँ ५५ पैसा छ ।
आज मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकले आव २०७६र७७ को नाफा र सञ्चित नाफाबाट ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव हरिकृष्ण सुवेदीले जानकारी दिनुभएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि वितरण गरिने कम्पनी सचिव सुवेदीले बताउनुभयो।