९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

सर्वदलीय बैठक: प्रतिपक्षी दलका नेताहरुले भने सरकारका गलत कामको परिणामस्वरुप सडकमा देखिए असन्तुष्टि

सर्वदलीय बैठक: प्रतिपक्षी दलका नेताहरुले भने सरकारका गलत कामको परिणामस्वरुप सडकमा देखिए असन्तुष्टि
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठकमा प्रतिपक्षी दलका नेताहरुले सरकारका गलत कामको परिणामस्वरुप सडकमा असन्तुष्टि देखिएको बताएका छन् । बैठकमा सहभागी भएका नेपाली कांग्रेसका नेताहरुले वर्तमान सरकारले गरेका गलत कामहरुको असन्तुष्टि सडकमा देखिएको बताएका हुन् ।

बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशसरण महतले सरकारले गरेका गलत कामको परिणामस्वरुप सडका असन्तुष्टि देखिएको कुरा कांग्रेसले राखेको बतानुभएको हो । प्रणाली र लोकतन्त्रको खराबी नभई सरकार सञ्चालन गर्नेहरुको खराबीले सडकमा असन्तुष्टि देखिएको पनि नेताहरुले बताएका छन् । उहाँले सरकार सच्चिएर लोकतान्त्रिप पद्धतिको मर्म अनुसार काम गरेमा कुनैपनि विरोध प्रदर्शन नहुने कुरा राखेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेको असन्तुष्टि भनेको मुलभुत रुपमा वर्तमान सरकार प्रतिको असन्तुष्टि हो । त्यो असन्तुष्टिलाई विभिन्न कोणबाट आफ्नो पक्षमा उपयोग गर्ने कोसिस गरिएको छ । त्यसकारण सरकार सच्चियो भने लोकतान्त्रिक पद्धति जुन स्थापित गरेका छौं त्यो प्रद्धति अनुरुप, त्यसको मर्म अनुसार सरकार चल्ने हो भने कुनैपनि प्रवृति सफल हुन सक्दैन ।

हामीले जुन संविधान निर्माण गरेका छौं हाम्रो सबैको सहमतिबाट बनेको संविधान हो । यो कार्यान्वयनमा जुन त्रुटी कमजोरी र विभेदकारी किसिमबाट निर्वाचित सरकारले उपयोग गर्ने कोशिस गरेको छ त्यसले गर्दा असन्तुष्टि देशमा बढेको छ । त्यसकारण सरकारले सच्चिएर संविधानको मर्म अनुसार चल्यो भने सबै कुरा ठिक हुन्छ ।’ यस्तै सरकारले आफू भन्दा फरक विचार राख्नेहरुमाथि गरेको दमनकारी व्यवहारबाट आजित भएर पनि सडका असन्तुष्टि देखा परेको कुरा राखेको पनि सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई चलाएर लोकतान्त्रिक संविधानको मर्म विपरित काम गरेकाले पनि समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘विभेदकारी र दमनकारी खालको प्रवृति, दमन गर्ने, आफूभन्दा अलग विचार राख्नेहरुलाई दमन गर्ने र राज्यको साधन स्रोतको वितरणमा पनि विभेद गर्ने र राज्यको लोकतान्त्रिक संस्था, जुन लोकतान्त्रिक संविधान बनायौं त्यसको जुन मर्म छ त्यसलाई पनि कमजोर गर्ने जुन प्रयास भएको छ र दमनकारी काम जुन तनहुँमा रामचन्द्र पौडललाई रोकेको, छेकेको भनेको कुरा एउटा प्रतिक हो ।

देशभरी आम जनता देखि विपक्षी दलका नेता कार्यकर्ताहरुले दमन भोगिरहेको र विभिन्न अध्यादेश मार्फत देश चलाउन खोजेको र संसद पनि नबोलाइएका विषयलाई हामीले गम्भिर रुपमा उठायौं ।’ तत्काल संसद बैठक बोलाउन माग गरिएको पनि नेता महतले बताउनुभयो । उहाँले भन्नुभयो ‘समग्र विषयलाई छलफल गर्ने थलो भनेको निर्वाचित जनप्रतिनिधिहरुको थलो संसद हो । संसदको तत्काल बैठक डाक्न पनि माग ग¥यौं ।’ यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले पनि आफ्नो कुरा स्पष्टसँग राखेको तर कुनैपनि नेताहरुबाट प्रतिक्रिया नआएको बताएका छन् । राप्रपा नेता दीपक बोहराले सर्वदलीय बैठक राखेर राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने विषयमा छलफल गर्न प्रस्ताव गरिएको बताउनुभयो । उहाँले भन्नुभयो ‘सर्वदलीय बैठक राखेर दुईवटा विषयमा खासगरी राजा सहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्ने कुरामा त्यो प्रस्ताव गरेपछि त्यसमा कसैतिरबाट पनि जवाफ आएन ।’ नेता बोहराले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा आफूहरुको नैतिक समर्थन रहेको पनि बताउनुभयो ।