९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्छ –काँग्रेस उपसभापति निधि

गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्छ –काँग्रेस उपसभापति निधि
अ अ+ अ-

काठमाडौ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले औषधीय गुणले युक्त जडीबुटी गाँजालाई लगाइएको प्रतिबन्ध खुला गरिनुपर्नेमा जोड दिनुभएको छ । विश्व हिन्दू युवा सङ्घले आज पशुपतिस्थित मृगस्थलीमा आयोजना गरेको पूर्वीय दर्शन विषयक प्रवचन कार्यक्रममा उहाँले गाँजाखेतीबाट आर्थिक समुन्नति र मानव जीवनको रक्षासमेत हुने भएकाले यसको प्रतिबन्ध हट्नुपर्ने बताउनुभएको हो ।
 
विगतमा अमेरिकाले गाँजा खेती नगर्न दबाब दिएकैले निषेधात्मक व्यवस्था भएको उल्लेख गर्नुहुँदै पूर्वगृहमन्त्रीसमेत रहिसक्नुभएका नेता निधिले दुरुपयोग भने हुन नदिनेतर्फ सचेत हुनुपर्ने बताउनुभयो । वाग्मती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेशसभा सदस्य केशव स्थापितले गाँजाको प्रतिबन्ध खुला गरे प्रत्येक नेपाली करोडपति बन्न सक्ने भएकाले निषेधको कानून संशोधन गर्न संसद्मा प्रस्ताव दर्ता भएको सुनाउनुभयो । एक किलोको रु ५० लाखसम्म पर्ने औषधीय गुणले युक्त वनस्पतिलाई खुला गरेर देशले आर्थिक समृद्धि हासिल गर्नसक्ने उहाँको भनाइ थियो ।
 
आफूले औषधिका रुपमा प्रयोग गरेकाले गाँजा खुला हुनुपर्ने अभियानमा लाग्नुभएका अभियानकर्मी राजीव काफ्लेले हाल प्रचलनमा रहेको कानूनले पनि औषधि र साधुसन्तलाई गाँजा प्रयोगमा छुट दिएको सुनाउनुभयो । वाचन प्रवीण दीनबन्धु पोखरेलले गाँजालाई जडीबुटीका रुपमा खुला गर्न दिए अर्थतन्त्र सुदृढ हुने बताउनुभयो ।
 
कार्यक्रममा  सङ्घका अध्यक्ष ऋषिकेशजङ्ग शाह, त्रिमूल पार्टीका महासचिव स्वामी तथागत, स्वामी व्याघ्र वेदनाथलगायतका वक्ताले गाँजाभन्दा धेरै लागुपदार्थ बजारमा खुलमखुला बिक्री वितरण भइरहेकामा औषधीय गुणले युक्त वनस्पति गाँजामाथिको प्रतिबन्ध छिटो हटाइनुपर्नेमा जोड दिनुभयो ।