२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिनमा सयौँ आप्रवासी बेलायत प्रवेश



अ+ अ-

एजेन्सी । प्रधानमन्त्री केइर स्टार्मरले सत्ता सम्हालेपछि पहिलो पटक आइतबार साना डुङ्गामा चढी एकै दिनमा ७०० भन्दा बढी आप्रवासीले ‘इङ्लिस च्यानल’ पार गरी बेलायती भूमिमा अवतरण गरेका छन् । समना डुङ्गामा च्यानल पार गर्नुलाई अत्यधिक जोखिमपूर्ण यात्रा मानिन्छ ।

फ्रान्सेली अधिकारीहरूले यस वर्षको सुरुदेखि नै खतरनाक समुद्री यात्रामा ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको बताएका छन् ।

गृह मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आइतबार ११ वटा डुङ्गामा ७०३ जना आएका छन् ।

जुलाईमा भएको बेलायतको आम चुनावमा साना डुङ्गा आगमन रोक्नु एउटा प्रमुख एजेन्डा थियो ।

सत्ता सम्हालेको केही दिनमै स्टार्मरले आप्रवासीहरूलाई रुवान्डा पठाउने विवादास्पद योजना खारेज गर्नुभएको थियो । यो योजना पछिल्लो कन्जरभेटिभ सरकारको फ्ल्यागशिप नीति थियो ।

यसको साटो स्टार्मरले क्रसिङलाई व्यवस्थित गर्ने र प्रत्येक आप्रवासीले हजारौं युरो भुक्तानी गर्ने मानव तस्करी गिरोहलाई ध्वस्त पार्ने वाचा गर्नुभएको छ ।

जुलाई २९ मा तीन जना बालबालिकाको ज्यान जाने गरी भएको छुरा प्रहार र एक मुस्लिम आप्रवासीसँग आक्रमणकारी सामाजिक सञ्जालमा गैर–कानुनी तरिकाले जोडिएको घटनापछि बेलायतमा आप्रवासी विरोधी अशान्ति बढेको समय पछिल्लो तथ्याङ्क सार्वजनिक भएको हो ।

आप्रवासनसँग सम्बन्धित मस्जिद र होटललाई लक्षित गरी गरिएको दङ्गाको विरोधमा शनिबार बेलायतभर हजारौं रङ्गभेद विरोधी प्रदर्शनकारीले र्‍याली निकालेका छन् ।

स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले गैरकानुनी आप्रवासीको सङ्ख्यामा भएको वृद्धिलाई नियन्त्रण गर्न ‘सहकार्य’ लाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सीमा पार गर्ने व्यक्तिको पछिल्लो सङ्ख्यासँगै सन् २०२४ को सुरुदेखि च्यानल पार गरी बेलायततर्फ जाने आप्रबासीकोे सङ्ख्या १८ हजार ३४२ पुगेको छ । यो गत वर्षको सोही समयको तुलनामा १३ प्रतिशतले बढी हो ।




भर्खरै