२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईफाप्काका महासचिव एनजी एक मेङ्गसँग नेपाल निर्माण व्यवसायी महासंघको भेट



अ+ अ-
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण सङ्गठनहरूको छाता संगठन (ईफाप्का)का महासचिव एनजी एक मेङ्गसँग भेटवार्ता गरेको छ ।
ईफाप्का सदस्य राष्ट्रका समस्यालाई सम्बोधन र सम्बन्ध बिस्तार गर्नका लागि पाँच दिने नेपाल भ्रमणमा आउनुभएका महासचिवलाई महासंघले स्वागत गरेको हो । महासचिवसँगको भेटपछि महासंघका अध्यक्ष रवि सिंहले महासचिवसँग सिंगापुरको विकासको प्रविधि साटासाट गर्ने विषयमा छलफल भएको बताउनु भयो । उहाँले नेपालको श्रम शक्तिलाई सिंगापुरमा सीप सिक्नको लागि पठाउने र नेपाल सिंगापुरको निर्माण क्षेत्रसँग सहकार्य गर्न प्रश्ताव गरिएको बताउनु भयो । उहाँले महासचिवले महासंघको प्रश्तावलाई स्वीकार गरेको पनि बताउनु भयो । अध्यक्ष सिंहले नेपालमा निर्माण श्रमिकलाई तालिम केन्द्र स्थापना गरी सिंगापुरमा श्रमिक पठाउने विषयमा छलफल भएको बताउनु भयो ।
ईफाप्काका महासचिव मेङ्गले नेपाल निर्माण व्यवसायी महासंघ ईफाप्काको महत्वपूर्ण सदस्य भएको बताउनु भयो । उहाँले ईफाप्कामा १८ देशहरु सदस्यको रुपमा रहेको भन्दै सबै देशको निर्माण क्षेत्रका समस्या सुन्ने र सुधार गर्ने योजनाका साथ भ्रमण गरेको बताउनु भयो । उहाँले सिंगापुर र नेपालको निर्माण क्षेत्रसँगको सहकार्यमा निर्माणसम्बन्धि तालिमको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन तयार रहेको बताउनु भयो ।
उहाँले नेपाल अल्पविकसित मुलुक भएकाले निर्माण क्षेत्र सुधार नयाँ प्रविधिको माध्यमबाट गर्न आवश्यक रहेको बताउनु भयो ।