१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाबा सिद्धेश्वरनाथमा भागदौड, ७ जनाको मृत्यु, ३५ घाइते



अ+ अ-

काठमाडौं । भारत बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वरनाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । गएराति भएको भागदौडमा ३५ श्रद्धालु घाइते भएका छन् ।

जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव लगिएको र मृतकको संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भीड लाग्ने गर्दछ ।

दुर्घटनाको जानकारी दिँदै घाइतेहरुलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जेहानाबादका प्रहरीले ७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ३५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घाइतेहरुको स्थानीय मखदुमपुर र सदर अस्पतालमा उपचार भइरहेको छ ।

साउन महिनामा यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यहाँ टाढा टाढाबाट मानिसहरु आउँछन् । आज साउनको सोमबार गएराति देखि नै धेरै मानिस पूजा गर्न आएका थिए ।