१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष दाहालसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष दाहाल निवास खुमलटारमा आज भएको भेटमा दुई देशको आपसीहितका विषयमा कुराकानी भएको अध्यक्ष दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यस अवसरमा उहाँहरूबीच पारस्परिक सम्बन्ध अभिवृद्धि गर्ने विषयमा महत्वपूर्ण छलफल भएको बताइएको छ । भारतीय विदेश सचिव मिश्री दुई दिने नेपाल भ्रमणका क्रममा आज काठमाडौँ आइपुग्नु भएको हो ।रासस