५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री र सचिवहरुबीच कार्य सम्पादन सम्झौता



अ+ अ-

काठमाडौं:  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टा-छुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।

कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्षमा गरिने कार्यक्रमहरु, लक्ष्यहरु र समयसीमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिमलाई परिचालन गरेर सचिवहरु र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरो रुपमा उत्रिने विश्वास व्यक्त गर्नुभयो ।

अर्थसचिव डा.घिमिरेले वार्षिक कार्यक्रम र नीतिसँग सामजस्यता कायम गरी सम्झौतामा उल्लेखित कृयाकलापहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।