२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता सतारको प्रश्न- एटिएम मेसिन जस्तो परिणाम खोजेका जनतालाई कहिलेसम्म ईतिहास पढाउने ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले संविधान संशोधनको बिषयलाई हल्काफुल्का रुपमा लिन नहुने बताउनु भएको छ । जारी केन्द्रीय समितिको बैठकमा आफ्नो दृष्टिकोण राख्दै नेता सत्तारले यसबाट पर्न सक्ने दीर्घकालीन असरबारे सबै तह र तप्कासंग गम्भिर छलफल आबश्यक छ । उहाँले भन्नुभयो ‘भोली काग्रेसले संविधान भत्कायो भन्ने सन्देश गयो भने के हुन्छ?’

नेता सतारले कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको कुरा जनताले अनुभूत गर्न नपाएको उल्लेख गर्दे नेतृत्व जनताका सबालमा अनभिज्ञ जस्तै रहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो’ किन ठुलो पार्टी हुदाँ पनि हामी अन्य दलको सहयोगीको भूमिका मात्र देखिऔ ।’

नेता सतारले तल्ला तहका हजारौ नेता तथा कार्यकर्तालाई बिभिन्न मुद्धामा फसाईएको गुनासो आफुले सुनेको जानकारी गराउदै यस बिषयमा तत्काल कार्यदल बनाएर समस्याको समाधान खोज्नु पर्ने सुझाब दिनुभयो । उहाँले भन्नुभयो ‘कार्यकर्ताको मनोबल खस्किएको छ , मनोबल नउकास्ने हो भने नेता र जनताको मात्र होईन नेता र कार्यकर्ताको पनि दुरी बढ्छ ।’

नेता सत्तारले कांग्रेस राजनीति भूमरीमा फसेको उल्लेख गर्दे कहिले माओवादीले कहिले एमालेले काग्रेसको काधमा बन्दुर राखेर पड्काएको गुनासो गर्नुभयो ।

उहाँले अब काग्रेसलाई कुन बाटो बाट कहाँ पुर्‍याउने भन्ने तय नभएको भन्दै महाधिबेशन , महासमिति र केन्द्रीय समितिले निर्देश गर्न नसकेको बताउनु भयो । उहाँले भन्नुभयो ‘जनताले एटिएम मेसिनबाट जस्तो परिणाम खोजेका छन् अब ईतिहास मात्र देखाएर जनताले पत्याउदैनन्।’