६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ३९ दशमलव ६० अंक घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दुमा



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ३९ दशमलव ६० अंक घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दुमा पुगेको छ । विगत केही दिनदेखि बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट बुक गर्न लागेसँगै बजार घटेको देखिन्छ ।  कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक १ दशमलव २५ प्रतिशत बढेको छ भने सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ४ दशमलव ८७ प्रतिशत घटेको हो ।

सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा अपर तामाकोशीको रू.२५ करोड ९४ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री  भएको छ । त्यसैगरी बुधवार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशत घटेर रू. २५५ कायम भएको छ ।

बुधबारको कारोबार दिनमा २०१ ओटा कम्पनीको रू.४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ बराबरको शेयर खरीदविक्री भएको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ   । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ४२ लाख ७२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।