काठमाडौं । बुधबार नेप्से परिसूचक ३९ दशमलव ६० अंक घटेर १ हजार ९५५ दशमलव ७५ बिन्दुमा पुगेको छ । विगत केही दिनदेखि बढेको बजारमा लगानीकर्ताहरुले प्रोफिट बुक गर्न लागेसँगै बजार घटेको देखिन्छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक १ दशमलव २५ प्रतिशत बढेको छ भने सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ४ दशमलव ८७ प्रतिशत घटेको हो ।
सर्वाधिक कारोबार गर्नेमा दोस्रोमा अपर तामाकोशीको रू.२५ करोड ९४ लाख ६२ हजार बराबरको शेयर खरीदविक्री भएको छ । त्यसैगरी बुधवार सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ५ दशमलव ५६ प्रतिशत घटेर रू. २५५ कायम भएको छ ।
बुधबारको कारोबार दिनमा २०१ ओटा कम्पनीको रू.४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ बराबरको शेयर खरीदविक्री भएको हो । नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९२ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ४२ करोड ४२ लाख ७२ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।