१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । वरिष्ठ पत्रकार भैरव रिसालको संकलित रचनाहरुको संग्रह सार्वजनिक भएको छ ।

शनिवार काठमाडौंमा उहाँको ९७ औं जन्मदिनको पूर्वसन्ध्यामा आयोजित एक कार्यक्रमकाबीच वरिष्ठ पत्रकार रिसालको संकलित रचनाहरुको संग्रह ‘भैरव रिसालका छानिएका रचना – २’ सार्वजनिक भएको हो ।

पुस्तक सिमल बुक पब्लिकेशनले प्रकाशित गरेको छ । पुस्तकमा रिसालले विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरुमा लेखेका लेख तथा रचनाहरुलाई छानेर समावेश गरिएको छ ।

पुस्तक सार्वजनिकिकरण कार्यक्रममा बोल्दै विभिन्न व्यक्तित्वहरुले ९७ वर्ष पुगिसक्नुभएको रिसालको ऊर्जाको प्रशंसा गरेका थिए । रिसालले आफ्नो पत्रकारिताका दिनहरुमा र लेखनमार्फत देशलाई योगदान पुर्याएको भन्दै सम्मान व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिसालले बहुमूल्य जिन्दगी बाँचेको बताउनु भयो ।

रिसालले आफ्नो छविलाई बेदाग बनाएको भन्दै यसले सबैलाई प्रेरित गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘एउटा व्यक्तिले कति वर्ष बाँच्यो भन्ने कुरा जति महत्वपूर्ण हुन्छ । बाँचेको जिन्दगी बेदाग बाँच्यो भन्ने कुरा चाहीँ भयंकर कुरा हुन्छ । बाँच्दै गर्दा उचाईमै पुग्यो रे । ठूलो जिम्मेवारीमा पुग्यो रे तर पर परबाट हेर्दा टल्किने दागहरु भन्दा लेखनको जिन्दगी, इमानको जिन्दगी बाँचिराखेर, बेदाग रुपमा मान्छेका सामुन्य हात हल्लाउन सक्ने जिन्दगी सबैभन्दा बहुमुल्य हुन्छ । त्यो बहुमुल्य जिन्दगी आदरणीय भैरव दाईले बाँच्नुभएको छ । म हृदयदेखि श्रद्धा गर्न चाहन्छु ।’

रिसालले अझैपनि सक्रिय जीवन व्यतित गरिरहेको भन्दै आगामी दिनमा पनि रिसालको लेख रचना आउनेमा आमन्त्रित अतिथिहरुले विश्वास व्यक्त गरेका थिए ।