२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्रदान



अ+ अ-

ललितपुर । सामुदायिक वन संरक्षणमा उत्कृष्ट काम गर्नेहरु उपभोक्ता समितिलाई सरकारले सम्मान तथा पुरस्कृत गरेको छ ।

सामुदायिक वन राष्ट्रिय दिवसका अवसरमा वन तथा भूसंरक्षण विभागले गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले विभिन्न उपभोक्ता समितिलाई सम्मान तथा पुरस्कृत गर्नुभएको हो ।

गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनेहरू जनज्योति समुदायिक वन उपभोक्ता समूह बारा प्रथम स्थानमा रही एक लाख पुरस्कार प्राप्त गरेको छ । दोस्रो स्थानमा नागी समुदायिक वन उपभोक्ता समूह म्याग्दीले नगद ५० हजार पुरस्कार जितेको छ ।

यस्तै तेस्रो पुरस्कार दियालो सामुदायिक वन उपभोक्ता समूह झापा र उमाचोक समुदायक वन उपभोक्ता समूह तनहुँले ५० हजार प्राप्त गरेका छन ।

त्यसैगरी सान्त्वना पुरस्कार धान खेती समुदायिक वन उपभोक्ता समूह मोरङ र सिङदर्जा सामुदायिक वन उपभोक्ता समूह रूपन्देहीले २५ हजार नगद प्राप्त गरेका छन् ।

कबुलियती वन राष्ट्रिय पुरस्कारबाट प्रथम स्थान ल्याउने बेनडाँडा कबुलियती वन समूह पाल्पाले एक लाख प्राप्त गरेको छ । दोस्रो स्थानमा सिमपानी कबुलियती वन समूह पाँचथर ७५ हजार नगदबाट पुरस्कृत भएको छ ।




भर्खरै