• ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
  •   Unicode
Logo
Latest
★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश ★   भावी प्रधान न्यायाधीशमा राउत सिफारिस ★   ‘जलवायुका असर न्यूनीकरण गर्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’ ★   नेपाल–अमेरिका टिफा बैठकः द्विपक्षीय व्यापार र लगानी विस्तारबारे छलफल

बंगलादेशमा भएको हिंसामा गायक राहुल आनन्दको १४० वर्ष पुरानो घर जलाइयो



एजेन्सी । बंगलादेशमा जारी हिंसाका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो ज्यान बचाउन देश छाडेकी छन् । हिंसामा धेरै मानिस मारिएका छन् ।

यसैबीच, गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा केही बंगलादेशी दंगामा पसेर पहिले सबै भत्काए र त्यसपछि घरमा आगो लगाएको समाचार छ । आफ्नो ज्यान जोगाउन गायकले परिवारसहित गोप्य ठाउँमा शरण लिएका छन् ।

डेली स्टारको हालैको समाचार अनुसार आगो लाग्नुअघि राहुल आनन्द घरबाट भागेका थिए र उनी अहिले सुरक्षित छन् । हालै उनको घरमा हिंसामा संलग्न भीड प्रवेश गरेको थियो । उनीहरूले पहिले गायकको घरमा तोडफोड गरे र त्यसपछि बहुमूल्य सामानहरू लुटे । गायक राहुल आनन्दको ३ हजार बाजा पनि जलेर खरानी भएको छ ।

गायक राहुल आनन्द बसेको घर १४० वर्ष पुरानो थियो । यो घर ढाका, धानमण्डीमा अवस्थित छ, जसलाई सन् २०२३ मा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन पनि हेर्न आएका थिए । गायक लामो समयदेखि यही घरमा परिवारसँग भाडामा बस्दै आएका थिए ।

गायक हुनुका साथै राहुल आनन्द सांस्कृतिक एक्टिभिस्ट पनि हुन् । उनी म्युजिकल ब्यान्ड जोलर गानका प्रमुख गायक हुन् । यो ब्यान्डका एक सदस्यले डेली स्टारलाई दिएको अन्तर्वार्तामा उनको घरको मुख्य गेटबाट भीड भित्रिएको बताएका छन् ।

आक्रमण हुँदा गायक निकै डराए । पहिले उनको घरमा भीडले तोडफोड गरे र त्यसपछि फर्निचर र सबै बहुमूल्य सामानहरू लुटे । घरमा तीन हजार वाद्ययन्त्र थियो, जसमा आगो लगाइयो । भीड देखेर सिंगरले आफ्नो ज्यान जोगाउन परिवारसहित घर छाडेर गोप्य ठाउँमा शरण लिए ।

त्यसअघि यो अनियन्त्रित भीड बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घरमा पनि पुगेको थियो । आफ्नो ज्यान जोगाउन शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा हिंसाका धेरै भिडियोहरू सोशल मिडियामा देखा परेका छन्, जसमा भीडले शेख हसिनाको घरबाट बहुमूल्य सामानहरू लुटिरहेको देखियो । बंगलादेशी हिंसामा अल्पसंख्यकहरू पनि लगातार निशाना बनिरहेका छन् ।