२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

बंगलादेशमा भएको हिंसामा गायक राहुल आनन्दको १४० वर्ष पुरानो घर जलाइयो

बंगलादेशमा भएको हिंसामा गायक राहुल आनन्दको १४० वर्ष पुरानो घर जलाइयो
अ अ+ अ-

एजेन्सी । बंगलादेशमा जारी हिंसाका बीच शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आफ्नो ज्यान बचाउन देश छाडेकी छन् । हिंसामा धेरै मानिस मारिएका छन् ।

यसैबीच, गायक राहुल आनन्दको १४० वर्ष पुरानो घरमा केही बंगलादेशी दंगामा पसेर पहिले सबै भत्काए र त्यसपछि घरमा आगो लगाएको समाचार छ । आफ्नो ज्यान जोगाउन गायकले परिवारसहित गोप्य ठाउँमा शरण लिएका छन् ।

डेली स्टारको हालैको समाचार अनुसार आगो लाग्नुअघि राहुल आनन्द घरबाट भागेका थिए र उनी अहिले सुरक्षित छन् । हालै उनको घरमा हिंसामा संलग्न भीड प्रवेश गरेको थियो । उनीहरूले पहिले गायकको घरमा तोडफोड गरे र त्यसपछि बहुमूल्य सामानहरू लुटे । गायक राहुल आनन्दको ३ हजार बाजा पनि जलेर खरानी भएको छ ।

गायक राहुल आनन्द बसेको घर १४० वर्ष पुरानो थियो । यो घर ढाका, धानमण्डीमा अवस्थित छ, जसलाई सन् २०२३ मा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन पनि हेर्न आएका थिए । गायक लामो समयदेखि यही घरमा परिवारसँग भाडामा बस्दै आएका थिए ।

गायक हुनुका साथै राहुल आनन्द सांस्कृतिक एक्टिभिस्ट पनि हुन् । उनी म्युजिकल ब्यान्ड जोलर गानका प्रमुख गायक हुन् । यो ब्यान्डका एक सदस्यले डेली स्टारलाई दिएको अन्तर्वार्तामा उनको घरको मुख्य गेटबाट भीड भित्रिएको बताएका छन् ।

आक्रमण हुँदा गायक निकै डराए । पहिले उनको घरमा भीडले तोडफोड गरे र त्यसपछि फर्निचर र सबै बहुमूल्य सामानहरू लुटे । घरमा तीन हजार वाद्ययन्त्र थियो, जसमा आगो लगाइयो । भीड देखेर सिंगरले आफ्नो ज्यान जोगाउन परिवारसहित घर छाडेर गोप्य ठाउँमा शरण लिए ।

त्यसअघि यो अनियन्त्रित भीड बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको घरमा पनि पुगेको थियो । आफ्नो ज्यान जोगाउन शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडिन् । बंगलादेशमा हिंसाका धेरै भिडियोहरू सोशल मिडियामा देखा परेका छन्, जसमा भीडले शेख हसिनाको घरबाट बहुमूल्य सामानहरू लुटिरहेको देखियो । बंगलादेशी हिंसामा अल्पसंख्यकहरू पनि लगातार निशाना बनिरहेका छन् ।