४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोर्चुगलका पेपेद्वारा सन्यासको घोषणा



अ+ अ-

काठमाडौँ । पोर्चुगलका फुटबलर पेपेले सन्यासको घोषणा गरेका छन् । ४१ वर्षीय पेपेले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । ब्राजिलमा जन्मेका उनले पोर्चुगलका लागि एक सय ४१ खेल खेलेका छन् ।

कप्तान क्रिस्टियानो रोनाल्डोले दुई सय ११ र जोआओ माउटिन्होले एक सय ४६ खेल खेलेका छन् । सन् २०१६ को युरो कपको फाइनलमा आयोजक राष्ट्र फ्रान्सलाई १–० ले पराजित गर्दै पोर्चुगलले पहिलो उपाधि जितेको थियो ।

यो प्रतियोगितामा पोर्चुगलको टोलीमा पेपे, रोनाल्डो र माउटिन्हो थिए । रोनाल्डोले रियल मड्रिडका आफ्ना पूर्वसहकर्मी पेपेलाई एक्समा बधाई दिएका छन् ।

आफ्नो क्लब करिअरमा पेपेले २००७–१७ को बीच रियलबाट तीन च्याम्पियन्स लिग र तीन स्पेनिस लिग जिते । उनले पोर्चुगिज क्लब पोर्टोबाट फुटबल जीवनलाई बिट मारे । उनी २०१९ मा यस क्लबमा आबद्ध भएका थिए ।