१२ आश्विन २०८१, शनिबार
,
Latest
एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न – फोटोफिचर नख्खुमा चारजना बगाएकोबारे गृहमन्त्रीले भने – हेलिकप्टरको प्रयोग भिजिबिलिटीका कारणले सम्भव भएन अविरल वर्षाः ललितपुरमा चार जनाको मृत्यु, महाङ्कालमा प्रहरी चौकी बग्यो काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परी २१ जनाको मृत्यु सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह डुबानमा फसेका व्यक्तिहरुको उद्धार-फोटो फिचर कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरणका सञ्चालक समिति सदस्य हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौँ: सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलाशले आज उक्त आदेश दिएको हो । यस्तै, अदालतले सञ्चालक समितिका सदस्यद्वय पुन र आचार्यलाई हटाउनुको कारण माग गरेको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रिस्तरीय निर्णय गर्दै यही साउन १८ गते सञ्चालक समिति सदस्यबाट उहाँहरुलाई हटाउनुभएको थियो । साथै मन्त्रीस्तरीय निर्णयबाट सञ्चालक समितिमा देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरिएको थियो ।

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल विवादमा उहाँहरुले प्राधिकरणको निर्णयविरुद्ध फरक मत राख्नुभएको थियो । फरक मत राखेपछि ऊर्जामन्त्री खडकाले उहाँहरुलाई यही साउन १५ गते स्पष्टिकरण सोध्नुभएको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै साउन १८ गते उहाँहरुलाई पदबाट हटाइएको थियो ।

आफूहरुले सरकारले गैरकानुनी तरकाले हटाएको भन्दै सञ्चालक समितिका सदस्यद्वय पुन र आचार्यले बुधबार सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।रासस