४ आश्विन २०८१, शुक्रबार
,
Latest
उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने अल्जाइमरको नयाँ औषधिको आविस्कार सफलता कि मृगतृष्णा ? प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानविन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन



अ+ अ-

काठमाडौँ । संसदीय समितिले नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि सिफारिस गर्न विज्ञहरुको संलग्नता एक स्वतन्त्र छानविन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीवार सिंहदरबारमा बसेको एयर डाईनेष्टी हवाईजहाज दुर्घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले सरकारलाई सो निर्देशन दिएको हो ।

पछिल्लो समयमा निरन्तर भईरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरु बन्ने गरेका भएतापनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन कमजोर बन्दै गईरहेको देखिएकाले सो सम्बन्धमा नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए/नभएको सम्बन्धमा १५ दिनभित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमुलक प्रतिवेदनहरु के, कुन अवस्थामा रहेका छन् रु सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ । नेपालको हवाई उड्डयनको सुरक्षा सम्बन्धि छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संघीय संसदमा पेश गर्न, गराउन पनि सरकारलाई निदेश गरिएको समितिले जनाएको छ ।

सभापति यादवले भन्नुभयो, ‘नेपाल हवाई नीति २०६३ सालदेखि कार्यान्वयनमा आएता पनि नेपालको हवाई उड्डयनको सुरक्षा सम्बन्धि छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न निर्देशन दिने । नेपाल नागरिक उडडयन प्राधिकरण सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशिघ्र संघीय संसदमा पेश गर्न, गराउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने । यस अघि हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानविन समिति एवं कार्यदलमार्फत पेश भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरु के, कुन अवस्थामा रहेका छन् ?सो को जानकारीसहितको विवरण समितिलाई यथाशिघ्र उपलब्ध गराउन नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने ।

पछिल्लो समयमा निरन्तर भईरहेको हवाई दुर्घटनाका सम्बन्धमा दुर्घटनापिच्छे नै छानविन समितिहरु बन्ने गरेका भएतापनि समग्र हवाई सुरक्षाको अवस्थामा सुधार आउनुको सट्टा झन कमजोर बन्दै गईरहेको देखिएकाले नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयन सम्बन्धि कानून एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए, नभएको सम्बन्धमा १५ दिन भित्र छानविन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरुको संलग्नतामा एक स्वतन्त्र छानविन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयलाई निर्देशन दिने ।’

समितिका सभापति यादवले हवाई उडडयनको क्षेत्रमा कुनै स्वार्थ समूह भए उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।