४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा नेसन्स लिग: भारतले जित्यो उपाधि, नेपाल उपविजेतामै सीमित



अ+ अ-

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको उपाधि भारतले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै भारत च्याम्पियन बनेको हो । घरेलु टोलीमाथि ३–२ को सेटमा जित निकाल्दै भारतले उपाधि उचाल्यो ।

पाचौं तथा निर्णायक सेटमा भारतले १५–५ ले जित निकाल्यो ।

पहिलो सेट २५–२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४–२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५–२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

चौथो सेटमा भारतले २५–२१ ले जित निकालेपछि खेल पाचौं सेटमा धकेलिएको थियो ।