४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याच फिक्सिङ गरेको आरोपमा अफगानिस्तानका युवा ब्याट्सम्यानलाई ५ वर्षको प्रतिबन्ध



अ+ अ-

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्डले युवा ब्याट्सम्यान एहसानुल्लाह जनातलाई सबै क्रिकेट गतिविधिमा ५ वर्ष प्रतिबन्ध लगाएको छ ।

जनातमाथि म्याच फिक्सिङको आरोप लागेको थियो, जसलाई उनले स्वीकार गरेका थिए ।

जनात काबुल प्रिमियर लिगको दोस्रो संस्करणमा म्याच फिक्सिङको आरोपमा दोषी पाइएका थिए । अफगानिस्तानका खेलाडीले एसीबी र आईसीसीको भ्रष्टाचार विरोधी संहिता उल्लङ्घन गरेको आरोप स्वीकार गरेका छन् ।

२६ वर्षीय जनातले सन् २०१७ मा डेब्यु गरेका थिए । उनले अफगानिस्तानको तीन टेष्ट, १६ एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका थिए । जनातलाई एक प्रतिभाशाली क्रिकेटर मानिन्थ्यो, जसलाई सानै उमेरमा डेब्यु गरेको पनि भनिन्छ ।

एसीबीले जनातलाई दोषी पाएपछि बोर्डले अन्य तीन खेलाडीविरुद्ध म्याच फिक्सिङको अनुसन्धान थालेको बताएको छ ।