६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

माछापुच्छ्रे बैंकको साधारण सभा पुस २ मा तय, १०.४ प्रतिशत लाभांश पारित हुने



अ+ अ-

काठमाडौं । माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभा गर्ने तय भएको छ । उक्त साधारण सभाबाट १०.४ प्रतिशत लाभांश पास हुने भएको छ । बैंकले ७.०३ प्रतिशत बोनस सेयर र ३.३७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । सभाले पास गरेपछि बैंकका लगानीकर्ताले उक्त लाभांश  प्राप्त गर्न सक्ने छन् । उक्त लाभांश असोज २२ गतेसम्म सेयर खरिद गरेका लगानीकर्ताहरुले  प्राप्त गर्न सक्नेछन् ।  

साथै बैंकले साधारण सभाबाट विदेशी रणनीतिक साँझेदार भित्र्याउन बाटो खुल्ला गर्ने जनाएको छ । उक्त साझेदारका लागि सम्पूर्ण अधिकारी सञ्चालक समितिमा प्रत्यायोजन हुने भएको छ । बैंकले अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग मर्जर वा प्राप्तिमा जानका लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने बताइएको छ । त्यस्तै, सोही साधारण सभाले सर्वसाधारण सेयरधनीहरुका तर्फबाट ३ जना नयाँ सञ्चालक समिति सदस्य पनि निर्वाचित गर्ने जनाएको छ ।