४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा



अ+ अ-

काठमाडौँ । इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

नेपालले बुधवार उपाधिका लागि प्रमुख दाबेदार भारतको सामना गर्नेछ । अब उपाधिको लागि नेपाल एक जित टाढा रहेको छ ।

इरानसँग लिग चरणमा भोगेको हारको बदला लिंदै फाइनलमा पुग्ने सोचमा रहेको नेपालले शुरूवात राम्रो गर्यो । नेपाली टिमले आत्मविश्वासी प्रदर्शनमा पहिलो सेटमा इरानको युवा टोलीलाई २५–२१ ले हरायो । नेपालले खेलमा एक शुन्यको अग्रता बनायो ।

दोस्रो सेट नाटकीय बन्यो । नेपालले एक समय बनाएको ६ अंकको अग्रता गुमाउँदा इरानले २४–२१ को अग्रता बनायो । इरान सेट प्वाइन्टको लागि मात्र एक अंकको खोजीमा थियो । तर नेपालले लगातार तीन अंक जोडेर खेललाई २४–२४ मा पुर्‍यायो । संगठित प्रदर्शनमा नेपालले यो सेट २८–२६ ले जित्दै खेलमा दुई शुन्यको स्पष्ट अग्रता बनायो । तेस्रो सेट शुरूवातमा प्रतिष्पर्धात्मक बन्यो ।

तर नेपालले इरानलाई मौका नै दिएन र २५–२० ले हराउँदै सोझो सेटको जित दर्ज गर्यो । नेपाल लिग चरणमा दोस्रो हुँदै र इरान तेस्रो भएर सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

अब बुधवार नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग उपाधिको लागि प्रतिष्पर्धा गर्नेछ । नेपालले जारी प्रतियोगिताको लिगमा भारत विरूद्ध पहिलो पटक जित हात पारिसकेको छ ।

फाइनल खेल बुधवार साँझ पाँच बजे हुनेछ । इरान र श्रीलंकाबीच तेस्रो स्थानको लागि दिउँसो दुई बजे प्रतिस्पर्धा हुनेछ ।