५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नबिल बैंक र नमस्ते पे वालेटबीच साझेदारी



अ+ अ-

काठमाण्डौ। नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन्।

मंगलबार आयोजित एक कार्यक्रमका बीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पेवालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

यो सहकार्यसँग अब नबिल बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एप्लिकेशनमार्फत आफ्नो नमस्तेपे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।

सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिनसक्ने बताउनु भयो । उहाँले भन्नुभयो ,‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’

नमस्ते पे वालेटका डेपुटी सीईओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भन्नुभयो , ‘नमस्तेपेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ।’उनले यो साझेदारीले नमस्तेपेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताउनु भयो ।

यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एन बैंक एप प्रयोगकर्ताहरूले अब ई–सेवा, खल्ती, र नमस्तेपे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन्।यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।

नबिल बैंकले २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।