४ भाद्र २०८३, बिहीबार
,
Latest
६६० किलो गाँजासहित दुई जना पक्राउ व्यक्तिले दिएको समर्थन दलको हुन सक्दैन : राप्रपा प्रवक्ता श्रेष्ठ नागरिक बचाउ महाअभियानका १२ बुँदे माग : ऋण मिनाहादेखि राजनीतिक मुद्दा खारेजीसम्म बनेपामा एकमहिने ‘गुँला’ पर्व मनाइँदै रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम आजदेखि आमाको कलेजोले बच्यो पाँच वर्षीया छोरीको जीवन भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल सुनचाँदीको मूल्य ह्वात्त बढ्यो कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न अपिल, पुनःस्थापनाका लागि कोष सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल पुग्न इरानसँग खेल्दै नेपाल



अ+ अ-

काठमाडौँ । नेपाली महिला महिबल टोलीले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा पुग्न आज साँझ इरानसँग खेल्दैछ ।

नेपाल साँझ ५:१५ बजे दोस्रो सेमिफाइनल खेलमा इरानसँग भिड्न लागेको हो । नेपाललाई आज इरानसँग बदला लिने राम्रो अवसर छ । यसअघि लिग चरणको प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो ।

आजै पहिलो सेमिफाइनल खेलमा भारत र श्रीलङ्काबीचच प्रतिस्पर्धा हुँदैछ ।

भारत लिग चरणको विजेता, नेपाल उपविजेता, इरान तेस्रो र श्रीलङ्का चौथो बन्दै सेमिफाइनलमा पुगेको हो ।

पाँच टोली सहभागी यस प्रतियोगितामा माल्दिभ्स भने लिग चरणको सबै खेलमा हार बेहोर्दै बाहिरिएको थियो ।