९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

१०० को राजस्व तिर्दा १०००को दुःख भयो –काठमाडौंका मेयर विद्यासुन्दर शाक्य (भिडियो सहित)

१०० को राजस्व तिर्दा १०००को दुःख भयो –काठमाडौंका मेयर विद्यासुन्दर शाक्य (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं  । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिवद्धता जनाएका केही परियोजनाहरु शुरु गर्न नसकेको स्वीकार गर्नुभएको छ । मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तराष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना शुरु गर्न समेत नसकिएको बताउनुभयो । न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मेयर शाक्यले विभिन्न विवादका कारण परियोजनालाई अगाडि बढाउन नसकिएको बताउनुभएको हो । काठमाडौं महानगरपालिकाको हरि भवन पुननिर्माण गर्ने भनिएकोमा अदालतमा मुद्दा परेपछि निर्माण शुरु गर्न नसकिएको बताउनुभयो ।

तरपनि अधिकांश वडा कार्यालयको भवन निर्माणमा भने सफल भएको बताउनुभयो । महानगरबासिलाई एउटै भवनबाट सेवा दिने प्रतिवद्धता जनाएको तर अदालतमा मुद्दा परेपछि काम गर्न नसक्दा दुःख लागेको बताउनुभयो । 
उपत्यकाको चक्रपथमा मोनोरेल निर्माण गर्ने प्रतिवद्धता जनाएपनि प्राविधिक कारणले निर्माण कार्य गर्न नसकिएको बताउनुभयो । चक्रपथमा सडक विस्तारको कार्य सम्पन्न नभएकाले महानगरपालिकाले ल्याएको मोनोरेल निर्माण गर्ने कार्यको शुरुवात गर्न नसकिएको बताउनुभयो । 
यस्तै तीनकुनेमा बनाउने भनिएको बुद्ध पार्क मुआब्जा विवादका कारण बनाउन नसकिएको पनि बताउनुभयो । बुद्ध पार्कको डिजाइन तयार भइसकेको अवस्थामा पनि मुआब्जा विवाद भएपछि काम गर्न नसकिएको बताउनुभयो । 
यस्तै काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको मेगा हल निर्माण गर्ने योजना पनि महानगरपालिकाको छ । काठमाडौंको भृकुटी मण्डपमा बनाउने भनिएपनि महानगरपालिकाको स्वामित्वमा भृकुटीमण्डप नहुँदा काम गर्न नसकिएको बताउनुभयो । तर सहमतिका लागि सम्बन्धित निकायमा पत्राचार गरिएपनि निर्णय नहुँदा मेगा हल निर्माण गर्न नसकिएको बताउनुभयो । 

महानगरभित्रको पार्किङ व्यवस्थापनका लागि विभिन्न ठाउँमा पार्किङ स्थल निर्माण गर्ने भनिएपनि काम गर्न नसकिएको बताउनुभयो । काम गर्न खोज्दा खोज्दैपनि विरोध गर्ने प्रवृतिले गर्दा आयोजनाहरुलाई अगाडि बढाउन समस्या हुने गरेको बताउनुभयो । कुनैपनि कामको विरोध गर्ने प्रवृतिलाई धर्मको रुपमा लिने र विरोध गरी असफल बनाई आफू सफल हुन खोज्ने मानसिकताले गर्दा पनि समस्या भएको बताउनुभयो ।