७ पुष २०८२, सोमबार
,
Latest
विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो साइकल चढनेहरू दिनप्रतिदिन घट्दै एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिक पदक तालिकामा अमेरिका शीर्ष स्थानमा उक्लियो, चीन दोस्रो



अ+ अ-

फ्रान्सको राजधानी पेरिसमा जारी ओलम्पिकमा सोमबार रातिसम्मको परिणाम अनुसार संयुक्त राज्य अमेरिका पहिलो पटक पदक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

कूल ७९ पदक जितेको अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८ कास्य पदक जितेको छ । दोस्रो स्थानमा रहेको चीनले समान २१ स्वर्ण, १८ रजत र १४ कास्य पदक जितेको छ ।

आयोजक फ्रान्स भने तेस्रो स्थानमा छ । उसले १३ स्वर्ण, १६ रजत र १९ कास्य पदक जितेको छ । त्यस्तै चौथो स्थानमा रहँदै अस्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र ८ कास्य पदक जितेको छ ।

सोमबार रातिसम्म विश्वका ६६ वटा देशले पदक जितेका छन् ।

दक्षिण एसियाको खेल पावर हाउस भारतले हालसम्म तीन वटा कास्य पदकमा चित्त बुझाउनु परेको छ ।

नेपाल सहित पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान, अफगानिस्तानले एक पदक पनि हासिल गर्न सकेका छैनन् ।

पदक जित्ने शीर्ष १० राष्ट्र