६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले अनुकुलको संविधान संशोधन कदाचित मान्य हुनेछैन: सन्तोष परियार



अ+ अ-
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले आफू अनूकल संविधान संशोधन गर्ने सत्तारुढ गठबन्धनको सहमति मान्य नहुने बताउनुभएको छ ।
सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रमुख सचेतक परियारले सरकारले राज्यका सबै निकायमा समावेशी हुनेगरी प्रतिनिधित्व गराउन पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले सरकारले समावेशीताको आधारमा राज्यका सबै अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्थालाई लत्याएको आरोप समेत लगाउनु भयो । प्रमुख सचेतक परियारले संविधानले समावेशीतालाई जोड दिएपनि सरकारले सोही अनुसार काम गर्न नसकेको भन्दै आपत्ति जनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘संविधानको मूलभूत आशय समावेशितालाई अहिले राजनीतिक पार्टीहरुले नै लत्याईरहेका छन् । संविधान आफैले काम गर्ने होइन । संविधान एउटा सामाजिक करार हो । त्यो अनुसार राजनीतिक पार्टी र व्यवस्था चल्नुपर्छ सभामुख महोदय । तर राजनीतिक पार्टीहरु आज त्यो सामाजिक करारलाई मानिरहेका छैनन् । म सम्माननीय सभामुख महोदयमार्फत राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराउन चाहन्छु–१४ प्रतिशत लगभग रहेको दलित समुदाय सबैतिरबाट वञ्चित गर्ने यो कस्तो खालको राजनीतिक प्रवृत्ति हो ? संविधान अनुसार काम नगर्ने, आफू अनुकुल संविधान संशोधन गर्न खोज्ने कदाचित मान्य हुने छैन । राष्ट्रिय स्वतन्त्र पार्टी यो सरकारले समावेशितालाई नबुझेको कुरामा घोर भत्र्सना गर्दछ । र सरकारका सबै निकायहरुमा समावेशितालाई प्राथमिकतामा राखेर काम गर्न ध्यानाकर्षण गराउँछ ।’
प्रमुख सचेतक परियारले सरकार संविधानअनुसार अघि बढ्न नसकेको जिकिर पनि गर्नुभयो ।