काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषदको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन्।
शनिबार देउवाले बैठकमा उपस्थित हुन नसक्ने व्यहोराको सन्देश नेता रमेश लेखकमार्फत् प्रधानमन्त्री ओलीलाई पठाएका हुन्।
प्रधानमन्त्री ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक अंगहरुमा रिक्त पदमा पदपूर्ति गर्ने तयारीका साथै संवैधानिक परिषदको बैठक बोलाइएको स्रोतले बताएको छ ।
तर देउवाले २९ गते सरकारविरुद्ध देशभर विरोध प्रदर्शन कार्यक्रम रहेको भन्दै त्यसअघि संवैधानिक परिषद्को बैठकमा सहभागी हुन नसक्ने सन्देश दिएका छन् ।