२० भाद्र २०८३, शनिबार
,
Latest
आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहको शपथ: कांग्रेसले टुंग्यायो मन्त्रीहरूको नाम



अ+ अ-

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिम सरकारमा मन्त्री बन्ने आफ्नो सांसदहरुको नाम टुंगो लगाएको छ । दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले मन्त्रीहरुको नामलाई अन्तिम रुप दिने एक नेताले बताए ।

प्रदेश महामन्त्री मेघराज खड्काका साथै बहादुर थापालाई मन्त्री बनाउने तयारी भएको ती नेताले बताए । यस्तै, दुई राज्यमन्त्रीमा गीता चौधरी र ललिता सुनुवारको सम्भावना रहेको उनले बताए ।

सत्तारुढ दलहरुबीच भएको भागबन्डामा कांग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाएको थियो । तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई पनि सरकारमा समेट्न कांग्रेसले एक मन्त्रालय दिने बताईएको छ ।

एमालेले भने पुरानै मन्त्रीहरु दोहोर्याउने बताइएको छ । सुरेन्द्र पाल, वीरबहादुर थापा, सन्तोष कुमारी शर्मालाई दोहोर्‍याउने बताइएको छ । एमालेले २ बजे संसदीय दलको बैठक बोलाएको छ ।

दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिएको ।