४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

काण्डको भूमरीमा नेकपा नेताहरु

काण्डको भूमरीमा नेकपा नेताहरु
अ+ अ-

काठमाडौं । दर्जनौँ जोइका पोइहरुको सातो पुत्लो उडेको उडेको छ ? नेकपा बागलुंगका नेता कृष्ण पाठकले  आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । यहाँ उनले यसबाहेक अरु केही नलेखेकोले यसको अर्थ यही हो भनेर खुट्याउन त गाह्रै पर्छ, तर उनको आसय बुझ्न भने असजिलो छैन । उनी बागलुंगका नेकपाका उपाध्यक्ष समेत हुन् र अहिले ओली पक्षका सक्रिय नेता । उनले फेसबुकमै ओलीको विरोधी खेमालाई निकै आक्रामक रुपमा लेख्ने गरेका छन् । र यतिबेलाको उनको आसय पनि हालैमात्र नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठको बारेमा बाहिर आएको अडियो तथा समाचारसँग सम्बन्धित छ । 

यतिखेर नेपालीका सामाजिक सञ्जालमा उनी नेपालको परराष्टमन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेकी सुशन कर्माचार्य र नारायणकाजीका बारेमा तथा उनले नेकपाका नेता कमानसिंह लामासँग लिएको रकमको बारेमा निकै नै कुरा आएका छन् । उनको नैतिकतासँग जोडेर आएका यिनै कुराका आधारमा नेकपा बागलुंगका नेता पाठकले पनि यसैप्रति ब्यंग्य गरेको हुनुपर्छ । अनि पाठकजस्तै नेकपाका नेता तथा कार्यकर्ताहरु र विशेषगरी ओली निकटकाहरुले नारायणकाजीबारे विभिन्न प्रसंग र प्रश्न उठाएका छन् । कतिले स्पष्टै बुझिनेगरी उठाएका छन् भने कतिले व्यंग्यात्मक शैलीमा ।  
 
नेकपाका पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको हालै निधन भएको छ । उनको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंह निकै नै कमजोर भएको र उनको निधन भएको आरोप कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेको समाचारमा आएको छ ।  

कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उनीहरुबीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको त छैन तर लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित छन् । 

यी तीन बीचको भनेर हालै सार्वजनिक भएको अडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर भएका थिए ।  नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिएको गोप्य अडियो बाहिर आएको हो । 

कमानसिंह लामा हक्की र स्पष्टवादी नेताका रुपमा चिनिन्थे । उनी दुई पटक सांसद् पनि बनेका थिए र एकपटक दक्षिण कोरियाको राजदूत । उता नारायणकाजी श्रेष्ठ भने आदर्शवादी कम्युनिष्ट नेताका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । उनले कहिले सांसद कोषको रकम नराख्नु भन्ने तथा कहिले दशैँ खर्च नलिएर चर्चामा आउने गर्दछन् । उनी अविवाहित छन् ।  

तर त्यो अडियो र कमानसिंहले आफ्नो निधनको केही दिनमात्र अघि लेखेको फेसबुक स्टाटसले नारायणकाजीसँगको निकटतापछि उनकी पत्नी इन्द्रमायासँग कमानसिंहको साथ छुटेको खुल्न आउँछ । पत्नी इन्द्रसँग साथ छुट्नुमा नारायणकाजीको हात रहेको कमानसिंहले सांकेतिक रुपमा फेसबुकमा लेखेका छन् । कमानसिंहले यो लेनदेन प्रकरण र आफ्नी कान्छी पत्नीसँगको सम्बन्धमा आएको दरारबारे निधन हुनु अघि फेसबुकमा लेखेका छन् र उनीहरुको यो पारिवारिक झमेलामा आदर्शवादी भनिएका कम्युनिष्ट नेता नारायणकाजी नराम्रोसँग फसेका छन् । 

यस्तै चर्चा छ बजारमा । नेकपाका नेताहरुको यो नै पहिलो यस्तो अनियमित काण्ड भने होइन । नेकपा सरकारका आएपछि यस्तै धेरै काण्ड भएका छन्, घटेका छन् । योभन्दा करिब वर्षदिन अघिको अर्को यस्तै लेनदेनसम्बन्धी काण्ड थियो तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको । यो अढाई करोडको थियो भने त्यो ७५ करोड । यो आन्तरिक लेनदेनको विषय थियो भने त्यो मन्त्रीले नै सीधै घुस मागेको विषय थियो । त्यो सार्वजनिक पनि भयो । तर त्यसलाई बाँस्कोटाले स्वीकारेनन् । जब उनले घुसको मोलमोलाई गरेको अडियो नै सार्वजनिक भयो तबमात्र उनी अवाक भए । जो पात्रसँग घुसको बढाबड गरेका थिए उनैले घुस मागेको हो र मसँग अडियो छ भनेर सार्वजनिक गरेपछि त जवाफ दिनसक्ने कुरै भएन । अनि मन्त्रीबाट बर्खास्त भएका बाँस्कोटा अहिले तैँ चुप मैचुप छन् । 

महरा यौनकाण्डको त झन् कुरै गर्नुपरेन । किनभने तत्कालीन सभामुख कृष्णबहादुर महराको यौनकाण्डको अडियो र भिडियो नै सार्वजनिक गरेपछि त्यस विषयमा कोही बोल्ने कुरै भएन । करिब २५ वर्षअघि देखिको भनिएको सम्बन्ध बलात्कारमा परिणत भएपछि महरा पक्राउ मात्र परेनन्, अदालतमै उपस्थित गराइए । अदालतको फैसला बमोजिम उनी जेलमै बस्नु पर्यो । सजायँ काटेर अहिले भने निजी जीवनमा फर्किएका छन् । तर नेकपामा उनको व्यक्तित्व, उनको स्वभावको नजिक रहेकाहरुका लागि भने त्यो एउटा अकल्पनीय घटना नै हो । 

नेकपा गरिब तथा निम्न बर्गीय नागरिकको उत्थान र सहयोग गर्ने सिद्धान्त हो भनिन्छ । कम्युनिष्ट सरकार गरिब र श्रमजीवी बर्गका नागरिकको प्रतिनिधित्वको हो र त्यो अरुभन्दा बढी अनुशासित हुन्छ पनि भनिन्छ । तर नेपालमा त्यस्तो रहेन । यहाँ अरु पनि छन् तर अहिले माथि प्रस्तुत यी प्रतिनिधिमूलक घटनाले नै यो देखाउँछ ।