• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

काण्डको भूमरीमा नेकपा नेताहरु



काठमाडौं । दर्जनौँ जोइका पोइहरुको सातो पुत्लो उडेको उडेको छ ? नेकपा बागलुंगका नेता कृष्ण पाठकले  आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् । यहाँ उनले यसबाहेक अरु केही नलेखेकोले यसको अर्थ यही हो भनेर खुट्याउन त गाह्रै पर्छ, तर उनको आसय बुझ्न भने असजिलो छैन । उनी बागलुंगका नेकपाका उपाध्यक्ष समेत हुन् र अहिले ओली पक्षका सक्रिय नेता । उनले फेसबुकमै ओलीको विरोधी खेमालाई निकै आक्रामक रुपमा लेख्ने गरेका छन् । र यतिबेलाको उनको आसय पनि हालैमात्र नेकपाका प्रवक्ता नाराणकाजी श्रेष्ठको बारेमा बाहिर आएको अडियो तथा समाचारसँग सम्बन्धित छ । 

यतिखेर नेपालीका सामाजिक सञ्जालमा उनी नेपालको परराष्टमन्त्री हुँदा स्वकीय सचिवका रुपमा काम गरेकी सुशन कर्माचार्य र नारायणकाजीका बारेमा तथा उनले नेकपाका नेता कमानसिंह लामासँग लिएको रकमको बारेमा निकै नै कुरा आएका छन् । उनको नैतिकतासँग जोडेर आएका यिनै कुराका आधारमा नेकपा बागलुंगका नेता पाठकले पनि यसैप्रति ब्यंग्य गरेको हुनुपर्छ । अनि पाठकजस्तै नेकपाका नेता तथा कार्यकर्ताहरु र विशेषगरी ओली निकटकाहरुले नारायणकाजीबारे विभिन्न प्रसंग र प्रश्न उठाएका छन् । कतिले स्पष्टै बुझिनेगरी उठाएका छन् भने कतिले व्यंग्यात्मक शैलीमा ।  
 
नेकपाका पूर्व सांसद तथा राजदूत कमानसिंह लामाको हालै निधन भएको छ । उनको निधनको मानसिक कारण नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भएको दावी लामाको परिवारले गरेको छ । नारायणकाजीले आर्थिक रुपमा डुबाउँदै परिवार बर्बाद पारेपछि मानसिक रुपमा थकित–गलित भएकाले कमानसिंह निकै नै कमजोर भएको र उनको निधन भएको आरोप कमानसिंहको परिवारसँग सम्वद्ध केही सदस्यहरुले गरेको समाचारमा आएको छ ।  

कमानसिंहले नारायणकाजीसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । उनीहरुबीच कुनै कम्पनीमा गासिँदा लेनदनेको कारोबार थियो । सो कम्पनी कुन हो भन्ने खुलेको त छैन तर लेनदेनमा नारायणकाजीले सुसन कर्माचार्य नामकी महिलालाई अगाडि लगाएको बुझिन्छ । सुसन र नारायणकाजी अत्यन्त निकट मित्रका रुपमा परिचित छन् । 

यी तीन बीचको भनेर हालै सार्वजनिक भएको अडियोबाट के बुझिन्छ भने नारायणकाजीले सुसन मार्फत् पैसा खाइदिएपछि कमानसिंह चकनाचुर भएका थिए ।  नाराणकाजीले सुसनलाई अगाडि सारेर अढाई करोड खाइदिएपछि कमानसिंहले सहारा लिएको गोप्य अडियो बाहिर आएको हो । 

कमानसिंह लामा हक्की र स्पष्टवादी नेताका रुपमा चिनिन्थे । उनी दुई पटक सांसद् पनि बनेका थिए र एकपटक दक्षिण कोरियाको राजदूत । उता नारायणकाजी श्रेष्ठ भने आदर्शवादी कम्युनिष्ट नेताका रुपमा आफूलाई प्रस्तुत गर्दै आएका छन् । उनले कहिले सांसद कोषको रकम नराख्नु भन्ने तथा कहिले दशैँ खर्च नलिएर चर्चामा आउने गर्दछन् । उनी अविवाहित छन् ।  

तर त्यो अडियो र कमानसिंहले आफ्नो निधनको केही दिनमात्र अघि लेखेको फेसबुक स्टाटसले नारायणकाजीसँगको निकटतापछि उनकी पत्नी इन्द्रमायासँग कमानसिंहको साथ छुटेको खुल्न आउँछ । पत्नी इन्द्रसँग साथ छुट्नुमा नारायणकाजीको हात रहेको कमानसिंहले सांकेतिक रुपमा फेसबुकमा लेखेका छन् । कमानसिंहले यो लेनदेन प्रकरण र आफ्नी कान्छी पत्नीसँगको सम्बन्धमा आएको दरारबारे निधन हुनु अघि फेसबुकमा लेखेका छन् र उनीहरुको यो पारिवारिक झमेलामा आदर्शवादी भनिएका कम्युनिष्ट नेता नारायणकाजी नराम्रोसँग फसेका छन् । 

यस्तै चर्चा छ बजारमा । नेकपाका नेताहरुको यो नै पहिलो यस्तो अनियमित काण्ड भने होइन । नेकपा सरकारका आएपछि यस्तै धेरै काण्ड भएका छन्, घटेका छन् । योभन्दा करिब वर्षदिन अघिको अर्को यस्तै लेनदेनसम्बन्धी काण्ड थियो तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको । यो अढाई करोडको थियो भने त्यो ७५ करोड । यो आन्तरिक लेनदेनको विषय थियो भने त्यो मन्त्रीले नै सीधै घुस मागेको विषय थियो । त्यो सार्वजनिक पनि भयो । तर त्यसलाई बाँस्कोटाले स्वीकारेनन् । जब उनले घुसको मोलमोलाई गरेको अडियो नै सार्वजनिक भयो तबमात्र उनी अवाक भए । जो पात्रसँग घुसको बढाबड गरेका थिए उनैले घुस मागेको हो र मसँग अडियो छ भनेर सार्वजनिक गरेपछि त जवाफ दिनसक्ने कुरै भएन । अनि मन्त्रीबाट बर्खास्त भएका बाँस्कोटा अहिले तैँ चुप मैचुप छन् । 

महरा यौनकाण्डको त झन् कुरै गर्नुपरेन । किनभने तत्कालीन सभामुख कृष्णबहादुर महराको यौनकाण्डको अडियो र भिडियो नै सार्वजनिक गरेपछि त्यस विषयमा कोही बोल्ने कुरै भएन । करिब २५ वर्षअघि देखिको भनिएको सम्बन्ध बलात्कारमा परिणत भएपछि महरा पक्राउ मात्र परेनन्, अदालतमै उपस्थित गराइए । अदालतको फैसला बमोजिम उनी जेलमै बस्नु पर्यो । सजायँ काटेर अहिले भने निजी जीवनमा फर्किएका छन् । तर नेकपामा उनको व्यक्तित्व, उनको स्वभावको नजिक रहेकाहरुका लागि भने त्यो एउटा अकल्पनीय घटना नै हो । 

नेकपा गरिब तथा निम्न बर्गीय नागरिकको उत्थान र सहयोग गर्ने सिद्धान्त हो भनिन्छ । कम्युनिष्ट सरकार गरिब र श्रमजीवी बर्गका नागरिकको प्रतिनिधित्वको हो र त्यो अरुभन्दा बढी अनुशासित हुन्छ पनि भनिन्छ । तर नेपालमा त्यस्तो रहेन । यहाँ अरु पनि छन् तर अहिले माथि प्रस्तुत यी प्रतिनिधिमूलक घटनाले नै यो देखाउँछ ।