१९ माघ २०८१, शनिबार
,
Latest
टाइगर कप भलिबलः टाइगर ग्रुप पोखरा फाइनलमा अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छः मन्त्री पाण्डे विदेशमा ठूला काण्ड गर्नेहरु ठूलो नेता बन्छु भन्दै राजनीतिमा लागेका छन्ः उपप्रधानमन्त्री सिंह अध्यादेशको सही कार्यान्वयन हुन सके बेरोजगारी घटाउन सकिन्छः अध्यक्ष ढकाल प्रधानमन्त्रीसमक्ष सहकारीसम्बन्धी अध्यादेशमा सुुझाव हस्तान्तरण ‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्य सम्पादन बैठक पौष ४ गते



अ+ अ-

काठमाण्डौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौष ४ गते काठमाडौंमा बस्ने भएको छ । शनिबार अध्यक्ष पशुपतिशमशेर राणाको निवास महाराजगन्जमा बसेको त्रय अध्यक्षको बैठकले कार्य सम्पादन समिति बैठकको टुंगो लगाएको हो ।

उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता महाधिवेशनको तयारी र भावी संघर्षका कार्यक्रम लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको सो पार्टीका नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपा र राप्रपा संयुक्तको एकता पछि गठन भएको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको दोश्रो बैठक हो । यसअघि गत असोजमा बैठक भएको थियो ।