२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीसँग क्यानका पदाधिकारीको भेट, क्रिकेट रंगशाला निर्माणबारे छलफल



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीको आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सुविधा सन्पन्न क्रिकेट रंगशाला निर्माणका विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायत पुगेका थिए ।

ध्यानका पदाधिकारीहरुसँगको भेटबाट सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्–

कुरा क्रिकेटका !!
सामाजिक सञ्जालमा मलाई ’एउटा गतिलो रंगशाला बनाउनु पर्यो’ भन्ने सुझाव सबैभन्दा धेरै आएको छ। यो सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने छ। क्यानका चतुरबहादुर चन्द र पारस खड्का लगायतका साथीहरुसँग बालुवाटारमा ।