• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पुस १८ सम्म संसद् अधिवेशन बोलाउनै पर्ने बाध्यता छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताउनु भएको छ  । 

आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताउनुभएको हो । सभामुख सापकोटाले अवको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी विधेयक अधिवेशनको तयारी गर्दै छौं । अव पुष १७–१८ गते बेलाउनै पर्ने संवैधानिक बाध्यता छ । त्यो माथि अलि नयाँ ढंगले चलाउनुपर्छ । म आग्रह गर्न चाहन्छु की हामीले संविधान क्रमभंग गरेरै बोलाउनुपर्छ ।’

कोभिड–१९को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताउनुभयो । उहाँले परम्परागत रुपमा संसद चलाउन सम्भवन नभएकोले केही रुपान्तरण गर्नुपर्ने संकेत गर्नुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिडका कारण बन्द रहेको संसद र समितिका बैठकहरु सधैबरी रोकेर बस्न नहुने बताउनुभयो । कोभिडको यो स्थिति कहिले सम्म जान्छ थाहा नभएकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै बैठक चलाउनुपर्ने बताउनुभयो । उहाँले अहिले सम्म संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुमा पनि कोभिड संक्रमण देखा परेको स्थिति भएकाले उच्च सावधानी अपनाउन जरुरी रहेको बताउनुभयो । कोभिड कै कारण संसद बैठक बिचैमा रोक्नुपर्ने स्थिति आउने भएकाले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङफेले संघीय संसद सेवामा रहेका कर्मचारीहरुको कानून निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । संघ प्रदेश र स्थानीय तहमा निर्माण हुने कानूनहरुका लागि समन्वय गर्न पनि संसद सचिवालयका कर्मचारीहरुको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

संघीय संसद सचिवालयलले विभिन्न कार्यक्रम आयोजना गरी ‘१४ औं संघीय संसद सेवा दिवस–२०७७’ मनाएको हो । २०५८ मंसिर २८ गते संसद सेवालाई निजामति सेवाबाट अलग गरी संसद सेवा ऐन जारी भएको दिनको अवसर पारेर २०६३ मंसिर २८ गते देखि संसद सेवा दिवस मनाईदै आएको छ । २०५८ देखि २०६३ को बिचमा संसद नै नरहेको कारण संसद सेवा दिवस मनाइएको थिएन ।