७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र श्रीलंकाबीचको पहिलो एकदिवसीय खेल आज, विराट र रोहित सात महिनापछि खेल्दै



अ+ अ-

एजेन्सी । टी–२० सिरिजमा श्रीलंकालाई ३–० ले हराएपछि भारतले आज एकदिवसीय सिरिजको पहिलो खेल खेल्दैछ ।

खेल कोलम्बोको आर प्रेमदासा स्टेडियममा दिउँसो २:४५ बजेबाट सुरु हुनेछ । श्रीलंकाको टोली घाइते मथिश पाथिरानासहित चार प्रमुख फास्ट बलरबिना उत्रनेछ ।

अर्कोतर्फ भारत टी–२० टोलीमा रहेका ६ खेलाडीबिनै उत्रदैछ । कप्तान रोहित शर्मा, विराट कोहली र कुलदीप यादव जस्ता खेलाडी टोलीमा फर्कँदैछन् ।

एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि रोहित र विराट दुवैले एकदिवसीय खेल्नेछन् ।

अर्कोतर्फ, ऋषभ पन्त नोभेम्बर २०२२ पछि एकदिवसीय खेल्नेछन् । तर, उनलाई प्लेइङ–११ मा समावेश गर्ने कि नगर्ने भन्ने ठूलो प्रश्न छ ? किनभने केएल राहुल एकदिवसीय टोलीमा पहिलो रोजाइको विकेटकिपरका रूपमा स्थापित भएका छन् ।

भारतसँग आज श्रीलंका विरुद्ध आफ्नो १०० औं ओडीआई जित दर्ता गर्ने मौका छ । यी दुईबीच १६८ एकदिवसीय खेल भएको थियो, जसमा भारतले ९९ र श्रीलंकाले ५७ जित हासिल गरेको थियो । यस्तै, १ ओडीआई बराबरी भएको थियो भने ११ खेल अनिर्णित रह्यो ।

२०१४ यता भारतले २५ ओडीआई मध्ये २१ मा श्रीलंकालाई हराएको छ । श्रीलंकाले मात्र ४ खेलमा जित निकालेको थियो ।

 




भर्खरै