९ भाद्र २०८३, मंगलवार
,
Latest
सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २८.९२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी २५ करोड ९७ लाख ७५ हजार २ सय २५ रुपियाँ रहेको छ ।

आइतबार बसेको सञ्चालक समितिको बैठकले आव २०७६/७७ को असार मसान्तसम्मको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनार्थ) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले बताउनु भएको छ ।

 राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि लाभांश वितरण गरिने कम्पनी सचिव कुँवरले बताउनु भएको छ ।




भर्खरै