६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको दोस्रो दिन सोमबार  नेप्से परिसूचक ३०.२७ अंकले बढेर नेप्से २०४०.७१ विन्दुमा



अ+ अ-

काठमाडौं । सोमबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव २७ अंकले बढेर २ हजार ०४० दशमलव ७१ विन्दुमा पुगेको छ । कारोबारको पहिलो घण्टामा २ हजार ०२२ दशमलव ७३ विन्दुबाट शुरु भएको बजार १ दशमलव ५१ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको रू. १ अर्ब ८१ करोड ५८ लाख बराबरको २६ लाख ४८ हजार ४६३ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार १४ हजार २६ पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा साल्ट ट्रेडिङ र्कोरेशनको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी, ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९८, महुली लघुवित्तको शेयरमूल्य ९ दशमलव ९६ र उन्नति सहकार्य लघुवित्तको शेयरमूल्य ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये जलविद्युत समूहको परिसूचक शून्य दशमलव १६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ३० करोड ६८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार १९५ मा कारोबार भइरहेको छ ।