१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेञ्चुरी कमर्सियल बैंकले ७.५० प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीहरुलाई ७.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५ सय ७६ रुपियाँ ३० पैसा छ ।

आज बिहान सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले बताउनु भयो।