१९ माघ २०८१, शनिबार
,
Latest
सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबार शेयर बजार ५६.७२ अंकले उकालो, जलविद्युत् बाहेकका सबै समूहका लगानीकर्ताहरुको आम्दानी वृद्धि



अ+ अ-

काठमाडौं । कारोबारको दोस्रो दिन सोमबार शेयर बजार ५६ दशमलव ७२ अंकले उकालो लागेको छ । सोमबारको कारोबारमा नेप्से परिसूचक २ हजार ६७ दशमलव १७ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार २ हजार २२ दशमलव ७३ विन्दुदेखि खुलेको बजार निरन्तर बढेर बन्द भएको हो । यस दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव शून्य ४ अंक बढेर ३८८ दशमलव १६ विन्दुमा पुगेको छ ।

यो दिन कारोबार रकम पनि आइतबारको तुलनामा बढेको छ । आइतबार रू. ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार बराबरको ९० लाख ५० हजार १६ कित्ता शेयर कारोबार भएको थियो । सोमबार भने रू. ७ अर्ब २० करोड ४१ लाख ३६ हजार बराबरको १ करोड २८ लाख ८८ हजार ६६ कित्ता शेयर कारोबार भएको छ । उक्त रकम र कित्ताको शेयर कारोबार २०२ ओटा कम्पनीको ५७ हजार ८७ पटकको व्यापारमा भएको हो ।

सोमबारको बजारमा जलविद्युत् बाहेकका सबै समूहका लगानीकर्ताहरुले कमाएका छन् । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक १ दशमलव २१ प्रतिशत घटेको हो । उच्च दोहोरो अंकले बढेको सोमबारको बजारमा ४२ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य सर्वाधिक ५ दशमलव ७८ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २२८ मा झरेको हो । त्यस्तै यो दिन युनिलिभर नेपालको शेयरमूल्य पनि ४ दशमलव ९५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. १ हजारले घटेर अन्तिम मूल्य रू. १९ हजार २०० कायम भएको हो ।

सोमबार प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले र १४ ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यो दिन व्यापारिक र जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । व्यापारिक समूहको परिसूचक सोमबार ८ दशमलव ३२ प्रतिशत र जीवन बीमा समूहको परिसूचक ८ दशमलव १९ प्रतिशतले उकालो लागेको हो ।
 
त्यस्तै बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटलको १ दशमलव ८२ प्रतिशत, विकास बैंकको २ दशमलव ६१ प्रतिशत, वित्तको शून्य दशमलव ३८ प्रतिशत,  निर्जीवन बीमाको ३ दशमलव ९३ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव २ प्रतिशत, अन्यको ३ दशमलव ७८ प्रतिशत, लघुवित्तको ४ दशमलव ४३ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।

आइतबार देखिनै सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान ओगटेको नेपाल लाइफ इन्स्योरेन्सले सोमबार पनि सो स्थान कायम गरेको छ । यस दिन नेपाल लाइफको रू. ७४ करोड ३९ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको हो ।  सर्वाधिक रकमको शेयर कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि ९ दशमलव ९८ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. २०३ ले मूल्य वृद्धि भएको उक्त कम्पनीको सोमवार अन्तिम मूल्य रू. २ हजार २३८ पुगेको छ । सोमबार उक्त कम्पनीको न्यूनतम रू. २ हजार ९९ देखि अधिकतम रू. २ हजार २३८ को मूल्यमा शेयर खरीदविक्री भएको छ ।