४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्त्रीको जिल्लामा पुगेर डा.महतले भने- ‘यो सरकार असफल भैसक्यो’

प्रधानमन्त्रीको जिल्लामा पुगेर डा.महतले भने- ‘यो सरकार असफल भैसक्यो’
अ+ अ-

झापा । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार पूर्णतः असफल भैसकेको बताएका छन् । नेपाली काँग्रेसको देशव्यापी विरोध सभाअन्तर्गत आज प्रधानमन्त्रीको जिल्ला झापा खटेका डा. महतले त्यहाँ आयोजित काँग्रेस सभालाई सम्बोधन गर्दै भने- यो सरकारलाई सफल भन्ने कुनै पनि आधार छैनन्, सबै हिसाबले असफल भैसकेको छ।
 
डा. महतले सरकारले जनताका अप्ठेराहरुलाई सम्बोधन गर्ने कुनै पनि काम गर्न नसकेको दलिल पेस गरे । डा.महतको तर्क थियो- 'जनताका नाममा ठूला गफमात्र दिने तर काम भने नगर्ने यो सरकारको बानी नै परेको छ ।'

देशमा महामारीका बेलामा पनि भ्रष्टाचार गरेको, औषधिमा समेत कमिसन खान नछोडेको र जसका कारण देशव्यापी रुपमा विरामी तथा संक्रमित नागरिकहरुमा निराशा बढेको, आफ्नै कार्यकर्ता तथा आफन्तलाई मात्र सरकारी निकायमा नियुक्त गर्ने गरेको भन्दै डा.महतले अब भने नेपाली जनताले कम्युष्टिको शासन कस्तो हुदो रहेछ भन्ने बुझेका बताए । 

अब नेपाली जनता सहनै नसक्ने गरी कुशासनको चक्रमा परेकाले आफै सडकमा निस्किएका उनले बताए । सहमहामन्त्री डा।महतले नेपाली काँग्रेसले अब सरकारका यी अनेक काण्डहरुको पर्दाफास गर्दै देशव्यापी रुपमा सरकारको विरुद्धमा आन्दोनमा उत्रिने बताए । 

नेपाली जनतासँग गरेका प्रतिबद्धताहरु पूरा गर्नेतर्फ नभएर सरकार आफै कमाउ धन्दामा लागेको उनको आरोप थियो । 'सरकारलाई कसैको मतलब छैन कमाउने मात्र काम गरिरहेको छ जुनकुरा जनताले देखिरहेका छन्' उनले भने । 

डा.महतले भने 'नेकपाकै नेता प्रचण्डले सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई कसरी प्रस्तुत गरेका छन् त्यो हेरेपछि सबै कुरा छर्लंग नै हुन्छ हामीले केही भनिरहनै पर्दैन ।'   

काण्डैकाण्डले सरकार इतिहासमै अति अलोकप्रिय भएको जसलाई अब आफ्नै कार्यकर्ताले पनि नरुचाएका उनले बताए । डा।महतले भने, यतिखेर सडकमा राजावादी तथा अनेक तत्वहरुको प्रदर्शन पनि सरकारकै कुशासनका कारण भएको उनको दाबी थियो । 

उनले भने- जनतामा यति निराशा बढेको छ कि अब सडकमै आएर सरकारप्रति असन्तुष्टि देखाउन थालिसकेका छन् । 

आज नेपाली काँग्रेसले आज देशव्यापी रुपमा विरोध सभाहरु गरिरहेको छ । यस क्रममा नेपाली काँग्रेसले सहमहामन्त्री डा.महतलाई झापा खटाएको थियो । झापमा आज विशाल जुलुश निस्किएको र पछि सभामा परिणत भएको थियो ।