७ श्रावण २०८३, बिहीबार
,
Latest
गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सुपर ओभरमा जित्यो तेस्रो टी–२०: श्रीलंकाविरुद्धको सिरिजमा क्लिन स्वीप



अ+ अ-

एजेन्सी । श्रीलंकाविरुद्धको ३ खेलको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । पछिल्लो खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको थियो ।

पल्लेकेलेमा श्रीलंकाले सुपर ओभरमा मात्र ३ रनको लक्ष्य दिएको थियो र कप्तान सूर्यकुमारले पहिलो बलमा चौका प्रहार गर्दै जित हासिल गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाउन सके र खेल बराबरी भयो ।

अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो । कप्तान सूर्य आफैं बलिङ गर्न आए र ६ बलमा ५ रन मात्र दिए । उनले दुई विकेट पनि लिए । १९ औं ओभरमा रिंकु सिंहले २ रन दिएर २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच वासिङ्टन सुन्दर भए । उनले २५ रन बनाएर २ विकेट लिए ।

खेलको फाइटर अफ द म्याच श्रीलंकाका ब्याट्सम्यान कुसल परेरा भए । उनले उक्त खेलमा ३४ बलमा ४६ रनको इनिङ खेले । कुसलको इनिङ्समा ५ चौका समावेश थिए । उनले कुसल मेन्डिससँग ५२ रनको अर्धशतक साझेदारी पनि गरे तर टोलीलाई जित दिलाउन सकेनन् ।