• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo
Latest
★   पर्वले मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउन सहयोग पुग्छ : उपराष्ट्रपति यादव ★   आज वास्तु दिवस एवं विश्वकर्मा पूजा ★   क्यानडासँग नेपालको लज्जास्पद हार ★   परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान ★   टस जितेर नेपालले क्यानडालाई दियो ब्याटिङको निम्तो, सुरुवाती–११ मा को–को छन् ? ★   लगानी फिर्ताका लागि सार्थक पहल गर्नुस् : उपप्रधानमन्त्री पौडेल ★   खोला किनारको २० मिटर विवादः सरकारद्वारा पुनरावलोकन निवेदन दर्ता ★   वन मन्त्री शाहीसंग कोलोम्बिया राजदुत बीच शिष्टचार भेट ★   सुदूरपश्चिम सरकारले ल्यायो साढे ३१ अर्ब ६२ करोड ९८ लाखको बजेट ★   एनआरएन विवादमा मिसिल झिकाउने आदेश

भारतले सुपर ओभरमा जित्यो तेस्रो टी–२०: श्रीलंकाविरुद्धको सिरिजमा क्लिन स्वीप



एजेन्सी । श्रीलंकाविरुद्धको ३ खेलको टी–२० सिरिजमा भारतले क्लिन स्वीप गरेको छ । पछिल्लो खेलमा भारतले श्रीलंकालाई सुपर ओभरमा पराजित गरेको थियो ।

पल्लेकेलेमा श्रीलंकाले सुपर ओभरमा मात्र ३ रनको लक्ष्य दिएको थियो र कप्तान सूर्यकुमारले पहिलो बलमा चौका प्रहार गर्दै जित हासिल गरेका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । जवाफमा श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १३७ रन बनाउन सके र खेल बराबरी भयो ।

अन्तिम ओभरमा श्रीलंकालाई जितका लागि ६ रन आवश्यक थियो । कप्तान सूर्य आफैं बलिङ गर्न आए र ६ बलमा ५ रन मात्र दिए । उनले दुई विकेट पनि लिए । १९ औं ओभरमा रिंकु सिंहले २ रन दिएर २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच वासिङ्टन सुन्दर भए । उनले २५ रन बनाएर २ विकेट लिए ।

खेलको फाइटर अफ द म्याच श्रीलंकाका ब्याट्सम्यान कुसल परेरा भए । उनले उक्त खेलमा ३४ बलमा ४६ रनको इनिङ खेले । कुसलको इनिङ्समा ५ चौका समावेश थिए । उनले कुसल मेन्डिससँग ५२ रनको अर्धशतक साझेदारी पनि गरे तर टोलीलाई जित दिलाउन सकेनन् ।