१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थ सचिव घिमिरेलाई स्वागत तथा मरासिनीलाई बिदाई



अ+ अ-

काठमाडौं: अर्थ मन्त्रालयको सचिवमा डा. रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहनु भएका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा. घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो ।

मन्त्रिपरिषद्को हिजोको बैठकले राजस्व सचिव डा. घिमिरेलाई अर्थ सचिवमा र अर्थ सचिव मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ सचिव डा. घिमिरेले अर्थ प्रशासनको सफल नेतृत्व गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो ।

अर्थमन्त्री पौडेलले अर्थ सचिव रहँदा मरासिनीले बजेट निर्माण लगायतमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै जुनसुकै ठाउँमा रहे पनि राष्ट्रका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्थ सचिव डा. घिमिरेले अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गरेकोमा नेपाल सरकार र उपप्रधानमन्त्री एवं अर्थमन्त्रीलाई धन्यवाद दिँदै सबैको साथ लिएर अघि बढ्ने बताउनुभयो ।

सचिव मरासिनीले जहाँ रहेपनि आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक पर्दा अर्थ मन्त्रालयलाई सहयोग गर्ने बताउनु भएको थियो ।