४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण महिला फुटबलः एपिएफ विजयी क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ कम्युनिष्ट पार्टीमा विकृति मौलाउँदै गएकामा चिन्ता उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा बेरुजु फस्र्यौट समिति गठन गर्ने सरकारको निर्णय, वैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको आन्तरिक कलह संवैधानिक परिषदमै पुग्यो, विपक्षी दलका नेता उपस्थित तर सभामुख अनुपस्थित



अ+ अ-

काठमाडौँ । बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । तर सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएका छन् । प्रमुख विपक्षी दलका नेताको अनुपस्थिति हुने भएपछि स्थगित भएको परिषदको बैठक आजका लागि बोलाइएको थियो । त्यसैबमोजिम बैठक अहिले केही बेरअघि मात्र बालुवाटारमा शुरु भएको हो । तर सो बैठकमा सभामुख सापकोटा भने उपस्थित नहुने भएका छन् । 

बैठक विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका बारेमा छलफलका लागि बस्न लागेको हो । तर आज सभामुख उपस्थित नहुने भएपछि त्यसको वैधानिकता के हुन्छ भन्ने बारेमा भने केही आएको छैन ।  उता आज सभामुख सापकोटा उक्त बैठकमा किन सहभागी नहुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन । तर नेकपामा देखिएको विवादका कारण नै उनको अनुपस्थिति हुने अनुमान सर्वत्र गरिएको छ ।

यस विषयमा सभामुखले केही नभने पनि नेकपाका अध्यक्ष प्रचण्डले नै उनलाई सो बैठकमा अनुपस्थित हुन भनेका अनुमान गरिएको छ । एम समाचार स्रोतका अनुसार सोमबार राति नै आफू बैठकमा नआउने जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए । यसअघि पनि दुई दिन अघि राखिएको बैठकमा पनि विपक्षी दलका नेतालाई सो बैठकमा उपस्थित नहुन प्रचण्ड र माधव नेपालले भनेका समाचार आएको थियो । तर त्यसका बाबजुद पनि देउवा भने आज बैठकमा पुगेका छन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । यसअघि आइतबार बोलाइएको बैठकमा पनि सभामुख सापकोटा जानुभएको थिएन। बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।