४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपाको आन्तरिक कलह संवैधानिक परिषदमै पुग्यो, विपक्षी दलका नेता उपस्थित तर सभामुख अनुपस्थित

नेकपाको आन्तरिक कलह संवैधानिक परिषदमै पुग्यो, विपक्षी दलका नेता उपस्थित तर सभामुख अनुपस्थित
अ+ अ-

काठमाडौँ । बालुवाटारमा संवैधानिक परिषद्को बैठक शुरु भएको छ । तर सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएका छन् । प्रमुख विपक्षी दलका नेताको अनुपस्थिति हुने भएपछि स्थगित भएको परिषदको बैठक आजका लागि बोलाइएको थियो । त्यसैबमोजिम बैठक अहिले केही बेरअघि मात्र बालुवाटारमा शुरु भएको हो । तर सो बैठकमा सभामुख सापकोटा भने उपस्थित नहुने भएका छन् । 

बैठक विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिसका बारेमा छलफलका लागि बस्न लागेको हो । तर आज सभामुख उपस्थित नहुने भएपछि त्यसको वैधानिकता के हुन्छ भन्ने बारेमा भने केही आएको छैन ।  उता आज सभामुख सापकोटा उक्त बैठकमा किन सहभागी नहुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन । तर नेकपामा देखिएको विवादका कारण नै उनको अनुपस्थिति हुने अनुमान सर्वत्र गरिएको छ ।

यस विषयमा सभामुखले केही नभने पनि नेकपाका अध्यक्ष प्रचण्डले नै उनलाई सो बैठकमा अनुपस्थित हुन भनेका अनुमान गरिएको छ । एम समाचार स्रोतका अनुसार सोमबार राति नै आफू बैठकमा नआउने जानकारी प्रधानमन्त्री ओलीलाई गराएका थिए । यसअघि पनि दुई दिन अघि राखिएको बैठकमा पनि विपक्षी दलका नेतालाई सो बैठकमा उपस्थित नहुन प्रचण्ड र माधव नेपालले भनेका समाचार आएको थियो । तर त्यसका बाबजुद पनि देउवा भने आज बैठकमा पुगेका छन् ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, मानवअधिकार आयोगलगायत विभिन्न संवैधानिक आयोगमा ४५ सिटमा नियुक्तिका लागि परिषद्को बैठक बस्न लागेको हो । यसअघि आइतबार बोलाइएको बैठकमा पनि सभामुख सापकोटा जानुभएको थिएन। बैठकले बैधता पाउनका लागि अध्यक्षबाहेक ४ जनाको उपस्थिति अनिवार्य मानिन्छ । परिषदमा एकजना सदस्य (उपसभामुख) पद रिक्त छ ।