६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारी बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित, बोनस शेयर र नगद लाभांस कति ?



अ+ अ-

काठमाडौँ । कुमारी बैंकको २०औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित भएको छ । बैंक अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । शेयरधनीहरुलाई बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १ खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७७/७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १९ करोड गरि ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७६/७७ को आर्थिक विवरण र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबमा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको हो। कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनी महानुभावहरुको धारणा समावेश गरेको थियो ।