२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

कुमारी बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित, बोनस शेयर र नगद लाभांस कति ?

कुमारी बैंकको साधारण सभाबाट १४ प्रतिशत लाभांश पारित, बोनस शेयर र नगद लाभांस कति ?
अ अ+ अ-

काठमाडौँ । कुमारी बैंकको २०औं वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित भएको छ । बैंक अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा रजिष्टर्ड कार्यालय, टंगाल, काठमाडौँमा सम्पन्न भएको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । शेयरधनीहरुलाई बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

साधारण सभामा बैंकले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १ खर्ब २४ अर्ब २२ करोड परिचालन तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ। आर्थिक वर्ष २०७७/७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १ खर्ब २२ अर्ब २९ करोड तथा कुल कर्जा रकम १ खर्ब १५ अर्ब १९ करोड गरि ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७६/७७ को आर्थिक विवरण र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाबमा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको हो। कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै, बैंकले अनलाइन प्लाट्फोर्म जूम मार्फत शेयरधनी महानुभावहरुको धारणा समावेश गरेको थियो ।