काठमाडौ । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्का सदस्य एबं प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा साझँ ५ बजेका लागि बोलाईएको बैठकमा सहभागी नहुने हुनु भएको छ ।
सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेर गलत गरेको भन्दै देउवा बैठकमा सहभागि नहुने सहमन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो ।
मंगलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि सरकारले अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफरिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नुभएको छ ।