२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.51

Wind: 1.03

Humidity: 33

Latest
प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य धनगढी एफसीको सहज जित तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघको बारेमा यी रोचक कुराहरु जुन तपाईलाई थाहा नहुन सक्छ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । ‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।

यसैबीच आज यहाँ बाघबारे यस्ता रोचक कुराहरुबारे जानकारी लिऔं जुन तपाईलाई थाहा नहुन सक्छ ।

–विश्वका करिब ७० प्रतिशत बाघ भारतमा मात्र पाइन्छ ।

–बाघ संसारमा बिरालोको सबैभन्दा ठूलो प्रजाति हो ।

–पृथ्वीको सबैभन्दा ठूलो मांसाहारी जनावरको सूचीमा बाघ तेस्रो स्थानमा छ भने ध्रुवीय भालु पहिलो स्थानमा र खैरो भालु दोस्रो स्थानमा छ ।

–बाघ जन्मेको एक सातासम्म पूर्णतया दृष्टिविहीन हुन्छन् । जसमध्ये झण्डै आधा बच्चाहरू(डमरु) वयस्क हुनुअघि नै मर्छन् ।

–जन्मेपछि २ वर्षसम्म बच्चाको हेरचाह महिला बाघले मात्र गर्छिन् ।

–हामी मानिसको औंठाछाप जस्तै, प्रत्येक बाघको शरीरमा धारहरू अद्वितीय छन् ।

–बाघको रातमा देख्ने क्षमता मानिसको तुलनामा करिब ६ गुणा बढी हुन्छ ।

–बाघको गर्जनको आवाज धेरै ठूलो हुन्छ । तपाईं यसलाई ३ किलोमिटर टाढाबाट पनि सुन्न सक्नुहुन्छ ।

–बाघको दौडने गति ६० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ ।

–बाघहरू करिब ८ मिटरको दुरी र ५ ​​मिटरको उचाइमा उफ्रन सक्छन् ।

–बाघको औसत उमेर १०–१५ वर्ष हुन्छ तर विशेष परिस्थितिमा यो २५ वर्षसम्म बाँच्न सक्छ ।

–बाघलाई छिट्टै भोक लाग्छ र २–३ हप्ता भोकै बसेमा मर्न सक्छ भने सामान्य मानिस ३०–४० दिनसम्म नखाएर बाँच्न सक्छ ।

–भाले बाघ पोथी भन्दा ठूलो हुन्छ । भाले र पोथी बाघ एकसाथ मिल्न सक्छन् । तर, भाले–भाले र पोथी–पोथी बाघ मिल्न सक्दैनन् ।