९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एप्पलले आइफोनको उत्पादन ३० प्रतिशतले बढाउने योजना



अ+ अ-

अमेरिका । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले आइफोनको उत्पादन बढाउने योजना बनाइरहेको छ ।  कम्पनीले आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा ९ करोड ६० लाख थानसम्म आइफोन उत्पादन गर्ने योजना बनाएको भन्दै निक्केईले मंगलबार समाचार छापेको हो । यो यस वर्षको सोही अवधिको तुलनामा करीब ३० प्रतिशत धेरै हुनेछ । 

कम्पनीले आपूर्तिकर्ताहरुलाई करीब ९ करोड ५० लाखदेखि ९ करोड ६० लाख थानसम्म आइफोन बनाउन भनेको छ । यसमा आइफोन १२ का साथै आइफोन ११ र आइफोन एसई लगायत मोडलहरु समेत भएको समाचारमा भनिएको छ । मुख्य पार्टस्हरुको अभावले यो लक्ष्य हासिल चुनौती हुन सक्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । सन् २०२१ मा कम्पनीले २३ करोड थानसम्म आइफोन आपूर्ति गर्ने योजना बनाएको छ । यसमा नयाँ र पुराना सबै मोडलका आइफोन हुनेछन् । 




भर्खरै