२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आउनुभएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ । अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आफू राजस्थानमा जन्मिएको बताउँदै आउनुभएका योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ । “बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौँ, अस्पताल आइपुग्दा निधन भइसकेको थियो”, मन्दिरका कर्मचारी राजेन्द्र महतले भन्नुभयो ।

उहाँको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो ।