२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने अभियानमा छौँ: अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ०८४ लाई लक्षित गरी पार्टीले काम गर्ने बताउनुभएको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयाजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आगामी दिनमा पार्टीलाई गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित अघि बढाइने पनि बताउनु भयो । ०८४ लाई लक्षित गरेर एक्लै चुनाव जित्ने उद्देश्यका साथ पार्टीअघि बढिरहेको बताउनु भयो । उहाँले आफूले सरकार छोड्दा विजेताको रुपमा बाहिरिएको तर अहिले सरकारमा रहेकाहरु हारेको जस्तो गरी सरकारमा बसिरहेको टिप्पणी गर्नुभयो । उहाँले आफूहरु जनता र मुद्दासँग जोडिएको जिकिर गर्नुभयो । सुशासन, सामाजिक न्याय, आर्थिक विकासको पक्षमा काम गरेपछि भ्रष्टहरु एक भएको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आउने दिनमा गम्भीर ढंगले यो पार्टीलाई फेरि गतिशिल पार्टीको रुपमा नयाँ रुपान्तरणसहित ०८४ लाई टोर्गेट गरेर एक्लै चुनाव लडेर जित्ने उद्देश्यका साथ हाम्रो छलफल चलिरहेको छ । यस्तो बेलामा तपाईंहरु हाम्रो पार्टीमा जोडिन आउनुभएको छ । आज जोडिने कमरेडहरुलाई हार्दिक बधाई भन्न चाहन्छु, स्वागत गर्न चाहन्छु । झन्डै डेढ वर्ष सरकारको नेतृत्व गरेर हामी गत २८ गते विश्वासको मत लिने क्रमसँगै सरकार छोड्नुपर्ने स्थिति बन्यो ।’

‘सरकार छोड्दा र मैले संसदमा विश्वासको मतको निम्ति अपिल गर्दैगर्दा हामी विजयी,विजेताको रुपमा निस्किएका छाँै । सरकारमा जानेहरु हारेको जस्तो गरी बसेका छन् । हामी जनतासँग जोडिएका छौँ, हाम्रो मुद्दासँग जोडिएका छौँ । हाम्रो वर्ग र समुदायसँग जोडिएका छौँ । हामी सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक विकासको पक्षमा गम्भीरताका साथ पहल गर्दागर्दै सुशासनकै भय, डरका कारणले भ्रष्टहरु मिले भन्नेकुरा अहिले देशमा बच्चाबच्चाले पनि जानकारी पाएको छ । यो हाम्रो निम्ति संगठन बिस्तार गर्ने, सुदृढ गर्ने ठूलो आधार प्राप्त छ । त्यसकारण हामी उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आउँदैछौँ ।’

अध्यक्ष दाहालले उत्साह र विश्वासको साथ संगठन सुदृढ गर्ने अभियानमा आफूहरु लागेको पनि बताउनु भयो ।