६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभरेष्ट बैंकको साधारणसभा पुस २७ मा, १०.५३ प्रतिशत लाभांश पारित हुने



अ+ अ-

काठमाडौं। एभरेष्ट बैंकले पुस २७ गते वार्षिक साधारणसभा गर्ने तय भएको छ । उक्त सभाले १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ। बैंकले ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बोनस सेयर पारितपछि चुक्ता पुँजी ४२ करोड ३५ लाख रुपैयाँले बढ्ने छ। 

बैंकले प्रस्ताव गरेको लाभांश अहिलेसम्मकै कम हो। यद्यपी एभरेष्टले हरेक वर्ष लाभांश वितरण गर्दै आएको छ।  बैंकले यो अवधिमा एक पटक ३३.३३ प्रतिशत हकप्रद सेयर वितरण गरेको थियो।एभरेष्टले पछिल्लो १० वर्षमा ७० प्रतिशतसम्म पनि लाभांश वितरण गरेको छ।

एभरेष्टले गत वर्ष एक अर्ब ३६ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १३ करोड ५९ लाख रुपैयाँ छ। गत वर्ष यो बेलाको नाफा ३० करोड ८४ लाख रुपैयाँ थियो। कोभिडका कारण ब्यापार ब्यवसाय समस्यामा गएको र राष्ट्र बैंकले पनि ऋण भुक्तानीमा केही नरम नीति लिएका कारण बैंकको नाफा उल्लेख्य घटेको हो।

कम्पनीको ३० प्रतिशत सेयर सर्वसाधारणमा रहेको छ। संस्थापक सेयरधनीतर्फ भारतको पञ्जाब नेशनल बैंकको हिस्सा २०.०३ प्रतिशत छ। यसबाहेक प्रतिमा श्रेष्ठको १४.९१, बीके श्रेष्ठको ९.१८, होटल स्नो लायन प्रालिको ९.३१ प्रतिशत सेयर छ।