५ असार २०८३, शुक्रबार
,
Latest
‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई यस्ता छन् जेठ महिनाभर बसेका मन्त्रिपरिषद् बैठकका निर्णयहरू (निर्णयसहित) अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले नेपाली चलचित्रले विश्व बजारमा नेपालको पहिचान स्थापित गर्न सक्छः राष्ट्रपति पौडेल पाथीभरा केवलकार विवाद समाधान गर्न सरकारद्वारा सात सदस्यीय कार्यदल गठन सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही जनमत प्राप्त सरकारले करको विवेकपूर्ण ढंगले उपयोग गर्न पाउँछः अर्थमन्त्री वाग्ले खुश्वु ओलीको आरोपः सरकारले स्वार्थ समूहको प्रभाव बढ्ने गरी कर नीति ल्यायो हेटौँडाका ६० जना अनौपचारिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदहरु भन्छन्ः ‘लैङ्गिक समावेशिता र समानताको लडाईं अझै बाँकी छ’



अ+ अ-

काठमाडौँ । संसदीय अभ्यासमा संविधानमा उल्लेखित संविधानप्रदत्त लैङ्गिक समावेशिता र समानताको मुद्दा प्रत्याभुति हुन नसकेको नेताहरुले बताएका छन् ।

लामो समयदेखि यो मुद्दा उठाउँदै आएपनि अहिलेसम्म लैङ्गिक समावेशिता र समानताको मुद्दा स्थापित हुन नसकेको बताएका हुन् । उनीहरुले आन्दोलनबाट प्राप्त गरेका महिला सम्बन्धी उपलब्धिहरु अझै पूरा नभएकाले थप आन्दोलन गर्नुपर्ने बताए । नेकपा एमाले नेतृ विन्दा पाण्डेको ‘संसदीय राजनीतिमा लैङ्गिक सहभागिता’ पुस्तक सार्वजनिक तथा अन्तरसंवादमा बोल्दै सांसदहरुले ठूला राजनीतिक कुरा गरेपनि समतामुलक र समानताका बारेमा सही आवाज उठाउन नसकेको बताए । कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले महिला सहभागिता÷समावेशिताका आवाज आजका दिनसम्म पनि उठाउनुले सही राजनीति गर्न नसकेको पुष्टि हुने बताउनु भयो । उहाँले महिला राजनीतिमा रहेपनि नेतृत्व कहिल्यै पाउन नसकेको बताउनु भयो ।

उहाँले अहिले पनि संसदमा पुरुषहरु नै प्रमुख सचेतक रहेको र महिला सचेतकमा सिमित रहेको बताउनु भयो । उहाँले राजनीतिक आन्दोलनका रुमपा महिला र दलित आन्दोलनलाई अघि बढाउनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय महिला आन्दोलन बरालिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला सहभागिताका कुरा वा भनौँ समग्रतामा सहभागी र समावेशिताका कुरा आजका दिनमा हामीले यसरी गर्नुपर्ने भनेको जतिसुकै कुरा गरेपनि राजनीतिक रुपमा हामीले सही राजनीति गरेका रहेनछौँ भन्ने हो । महिलाका कुरा पुरुषले गरिदिएनन्, महिला राजनीतिमा थिए तर कहिल्यै पनि नेतृत्वमा पुगेनन् । किताव पढ्दै थाहा हुन्छ, प्रमुख सचेतक पुरषहरु, सचेतक महिलाहरु । आज भोलि पनि त्यही भइरहेको छ । हाम्रो राजनीतिले स्वीकार्दै नस्वीकार्ने रहेछ । महिला र दलितहरुको आन्दोलन राम्रो आन्दोलन हुनसक्छ । हामीले साँच्चिकै राजनीतिक आन्दोलनका रुमपा अघि बढाउने र उचित ज्ञानले शिक्षित गर्ने हो भने राम्रो आन्दोलन हुनसक्छ । महिला आन्दोलन अलि बरालिएको, कम हुँदै गएको हो की भन्ने ठाउँमा पुगेको छ । यसका विविध कारण होलान् । म समावेशिता र सहभागितामा गम्भीर छु ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले महिला आन्दोलन राजनीतिक आन्दोलनको प्रेरणाबाटै माथि उठेको बताउनु भयो । उहाँले राजनीतिक आन्दोलनमा नै समताको आन्दोलन समाहित हुने बताउनु भयो । महिला मुक्तिको आन्दोलन र महिला समानताको आन्दोलन राजनीतिक आन्दोलनभित्रकै महत्वपूर्ण र प्रभावकारी आन्दोलन भएको बताउनु भयो । महिलाको आन्दोलन बिना राजनीतिक आन्दोलन पूरा नहुने भन्दै राजनीतिक आन्दोलनले नेतृत्व नगरेसम्म महिला आन्दोलनले पूरा सफलता पाउन नसक्ने जिकिर गर्नुभयो । राजनीतिक आन्दोलनभित्र महिला आन्दोलनलाई कसरी प्रभावकारी बनाउने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताउनु भयो । लोकतन्त्र प्राप्त भइसकेपछि सामाजिक आन्दोलनहरु कमजोर भएको टिप्पणी गर्नुभयो । उहाँले अहिलेको संसद वैचारिक, राजनीतिक, सैद्धान्तिक रुपमा कमजोर रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला आन्दोलन राजनीतिक आन्दोलनको प्रेरणाले भएको हो र राजनीतिक आन्दोलनमा नै सम्पूर्ण रुपमा एउटा समताको आन्दोलन भन्दा बाहिरको आन्दोलन होइन । महिला मुक्तिको आन्दोलन र महिला समानताको आन्दोलन पनि व्यापक राजनीतिक आन्दोलनभित्रकै एउटा महत्वपूर्ण आन्दोलन हो । प्रभावकारी आन्दोलन हो । त्यो बिना राजनीतिक आन्दोलन पूरा हुँदैन, राजनीतिक आन्दोलनले नेतृत्व नगरेसम्म महिला आन्दोलनले पूरा सफलता पाउन सक्दैन । हाम्रो देशमा महिला आन्दोलनले जति सफलता पाएको छ, त्यसको पछाडिका निर्णायक शक्तिहरु भनेका पनि राजनीतिक दलहरु नै हुन् । अहिले पनि राजनीतिक आन्दोलनभित्र महिला आन्दोलनलाई कसरी प्रभावकारी बनाउने रु किनभने लोकतन्त्र प्राप्त भइसकेपछि वास्वतमा हाम्रा सामाजिक आन्दोलनहरु कमजोर भएका छन् । समाजलाई प्रभावित पार्ने भनेको राजनीतिक आन्दोलन र सांस्कृतिक आन्दोलनले मात्रै हो ।’

नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य रेणु चन्दले निजामति कर्मचारीमा महिलाको उपस्थिति सकारात्मक रहेपनि राजनीतिक रुपमा अझै कमजोर रहेको बताउनु भयो । उहाँले शिर्षस्थ नेताहरु महिलाहरु एक भए भने आफ्ना अधिकार प्राप्त गर्न सक्छन् र आफू कमजोर हुने मानसिकताबाट ग्रसित रहेको बतउनु भयो । उहाँले महिला अग्रस्थानमा पुग्दा आफू नरहने डरले महिलालाई एकजुट नदिइएको गुनासो गर्नुभयो । महिलाले ३३ प्रतिशत भन्दा बढी अधिकार प्राप्त गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शिर्षस्थ नेताहरुसँग त म पुगेको छैन । हामीले हाउसको अध्यक्षसँग कुरा गरिरहेका छौँ । राष्ट्र सेवामा त पोजिटिभ्ली अघि बढेको छ । प्रतिनिधि सभामा उहाँले भनेको जस्तै नेताले कुरा ग¥यो भने र चित्त बुझ्न भने बल्ल्तल्ल भएको छु भन्ने हुन्छ । त्यो जाला की भन्ने डर देखिन्छ । तर अब राष्ट्रिय सभातिर त त्यो छलफल राम्रोसँग नै भइरहेको छ । मेरो बुझाइ के छ भने त्यो डर हो नेताहरुलाई । महिलाहरु कमजोर हुन्छन् भन्ने होइन की, महिलाहरु अग्रस्थानमा आए भने एकजुट भएर आफ्ना माग पूरा गरिहाल्छन्, संविधानमा लेखाइहाल्छन् भनेर एकजुट हुन दिएका छैनन् । संविधान संशोधन अगाडि बढ्नेगरी संशोधन गर्ने हो । ३३ बाट अघि बढाउँ । पछि हट्न हामी दिन्नौँ ।’

कार्यक्रममा बोल्दै पूर्वउपसभामुख एवं नेपाली काँग्रेस नेतृ पुष्पा भुषालले नेपालमा महिला आन्दोलनले नै महिला उर्जालाई स्थापित गरेको जिकिर गर्नुभयो । उहाँले आन्दोलनबाट प्राप्त गरेका महिला सम्बन्धी उपलब्धिहरु अझै पूरा नभएकाले थप आन्दोलन गर्नुपर्ने बताउनु भयो । संविधानमा समावेशी, समानुपातिक र महिलाका मुद्दा लेख्नुले राज्यका हरेक संरचनामा महिलाको उपस्थिति अनिवार्य रहेको प्रमाणित हुने बताउनु भयो । निर्वाचनताका लेखिएका घोषणापत्रमा महिला, दलित, जनजाति, आदवासीका मुद्दा लेख्ने तर निर्वाचनपछि अर्थपूर्ण भुमिका नदिने कुराले समस्या आएको बताउनु भयो । संविधानका अधिकारहरु पूरा गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा महिला आन्दोलनले महिला उर्जालाई स्थापना गरेको छ । यो सबैले बुझ्न जरुरी छ । चाहे योगमायाका कुरा गरौं । चाहे आमका नामबाट नागरिकताका कुरा गरौँ । चाहे गर्भपतनका कुरा गरौँ । चाहे ०६३ सालको आन्दोलनका कुरा गरौँ । सबै आन्दोलनबाटै, बाहिरबाटै स्थापित भएको हो । त्यसलाई बाहिरबाटै नै संस्थागत गरिएको थियो । आन्दोलनबाट प्राप्त गरेका महिला सम्बन्धी उपलब्धिहरु छन् । अझै उपलब्धि हाँसिल गर्न आन्दोलन बाँकी छ । हामीले यत्रो परिवर्तनपछि संविधानमा यि विषय किन लेख्यौँ त ? हामी संविधानमा समावेशी, समानुपातिकताका कुरा, महिला मुद्दाका कुरा किन लेख्यौँ त ? राज्यको हरेक संरचनामा यि नभइ नहुने विषय हो है भनेर संविधानको प्रश्तावना, मौलिक हक, राजनीतिक दल, निर्देशक सिद्धान्त, पार्टीका घोषणा पत्र, राजनीतिको दायित्व भित्र लेख्छौँ । भेट माग्दा ति समुदायमा ति मुद्दा उठाउँछौँ, बिर्सिदैनौँ । तर पछि आन्दोलन, निर्वाचनपछि महिलाहरुको अर्थपूर्ण भुमिका चाहियो भनेर चुनौति र प्रश्न गर्नपर्छ । हामीले संविधानमै प्रतिवद्धता गरिसकेका छौँ । अब प्रतिवद्धताबाहिर जाने छुट कसैलाई पनि छैन ।’

कार्यक्रममा बोल्दै नेकपा एमाले नेतृ एवं पुस्तककी लेखक विन्दा पाण्डेले संसदमा महत्वपूर्ण मुद्दाहरु उठाउँदा शिर्ष नेताहरु नबोल्ने गरेकोप्रति आपत्ति जनाउनु भयो । उहाँले शिर्ष नेताहरुले पछाडि बस्नेहरु, समानुपातिक र समावेशीबाट आउनेहरुले बोल्ने विषय भनेर महिला, आदिवासी जनजाति, दलितहरुका विषयमा पन्छिने गरेको आरोप लगाउनु भयो । महत्वपूर्ण मुद्दाहरुमा शिर्ष नेताहरु बोल्नै नमिल्ने भन्ने मानसिकता संसद र शिर्ष नेताहरुमा हट्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महत्वपूर्ण मुद्दाहरु उठाउँदा एकदमै ठूलो प्रश्न उठेको अघिल्लो रोका सांसदहरु कहिल्यै ति मुद्दाहरु बोल्ने स्थिति रहेन । मैले देखेको पनि छु, संसदमा ११ वटा प्रश्तावमा छलफल हुँदा अगाडिको रोमा बस्ने जम्माजम्मी एक जना नेतामात्रै प्रश्तावक हुनुभयो । उहाँको नाम पनि लिन्छु म उहाँ शेरबहादुर देउवा हुनुहुन्थ्यो । पहिलो र दोस्रो रोमा बस्नेहरुको यो हाम्रो होइन, पछाडि बस्नेहरु, समानुपातिक र समावेशीबाट आउनेहरुले बोल्ने हो यो भन्ने अभिव्यक्ति आयो । यस्ता मुद्दा हामीले गर्ने होइन भन्ने मानसिकता छ । यो मानसिकता संसदमा हट्न जरुरी छ ।’

नेतृ पाण्डेले संसदभित्र गएपछि प्रत्येक सांसदहरु समान हिसावमा सहभागी बन्न पाउनुपर्ने बताउनु भयो । उहाँले महत्वपूर्ण विषयहरुम मुद्दा केन्द्रित एकता गर्न जरुरी रहेको बताउनु भयो ।