३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुधबार नेप्से परिसूचक २०५५.२२ विन्दुमा बन्द, ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार शेयर खरीदविक्री

बुधबार नेप्से परिसूचक २०५५.२२ विन्दुमा बन्द, ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार शेयर खरीदविक्री
अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ६ दशमलव २० अंक घटेर शेयर बजार २ हजार ५५ दशमलव २२ विन्दुमा बन्द भएको छ । यो दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ४३ अंक घटेर ३८६ दशमलव ९८ विन्दुमा झरेको छ । मंगलबार बजार ५ दशमलव ७५ अंकले घटेर २ हजार ६१ दशमलव ४१ विन्दुमा बन्द भएको थियो । २ हजार ९७ दशमलव २० विन्दुदेखि खुला भएको बुधबारको बजार २ हजार ४१ दशमलव ८५ विन्दुसम्म झरेको थियो । 

बुधबार नेप्से परिसूचकसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ । मंगलबार रू. ६ अर्ब ६ करोड ९३ लाख ३१ हजार बराबरको ९७ लाख ५५ हजार ५४७ कित्ता शेयर खरीदविक्री भएको थियो । बुधबार भने रू. ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार बराबरको १ करोड ५ लाख ५८ हजार ३९१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार १९९ ओटा कम्पनीको ४९ हजार १५९ पटकको व्यापारमा भएको हो । 

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको पनि रू. ३१ करोड ९१ लाख ७६ हजार बराबरको शेयर कारोबार भएको छ । यो साता तीन कारोबार दिन लगातार सर्वाधिक रकमको शेयर कारोबार भएको उक्त कम्पनीलाई बुधबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकले पछि पारेको हो । बुधबारको बजारमा लघुवित्तको सर्वाधिक २ दशमलव ३४ प्रतिशतले परिसूचक बढेको छ ।

त्यस्तै व्यापारिकको १ दशमलव १८ प्रतिशत, बैंकिङको शून्य दशमलव शून्य ६ प्रतिशत, होटलको शून्य दशमलव ३६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ४४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ४३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको छ । 

यस दिन अन्यको १ दशमलव ५१ प्रतिशत, जलविद्युतको १ दशमलव ४३ प्रतिशत, वित्तको शून्य दशमलव २४ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ३९ प्रतिशत र जीवन बीमाको १ दशमलव १७ प्रतिशत परिसूचक घटेको छ । सामान्य अंकले घटेको बजारमा छ्याङ्दी हाइड्रो र महुली सामूदायिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै समिट लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९८ प्रतिशत आरएमडीसी लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, माउण्टेन इनर्जी नेपालको र सूर्योदय लघुवित्तको शेयरमूल्य ९ दशमलव ८८ प्रतिशतले बढेको छ । माउण्टेन इनर्जी नेपालको दोस्रो बजारमा बुधवारदेखिनै शेयर कारोबार शुरु भएको हो । पहिलो दिन उक्त कम्पनीको सकारात्मक शुरुवात भएको छ । 

यस दिन सर्वाधिक रकमको कारोबार नेपाल क्रेडिट एण्ड कमर्स बैंकको भएको छ । उक्त कम्पनीको रू. ३९ करोड ४३ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि ८ दशमलव ३३ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३२५ कायम भएको छ । यो दिन नेपाल क्रेडिट एण्ड कमर्स बैंकको शेयर न्यूनतम रू. २९९ देखि अधिकतम रू. ३३० सम्म खरिद विक्री भएको छ ।

बुधबारको बजारबाट एनएमबि–५० का इकाईधनीहरुले सर्वाधिक गुमाएका छन् । यो दिन एनएमबि–५० को इकाईमूल्य ४ दशमलव ४८ प्रतिशतले घटेको हो । योसँगै शिखर इन्स्योरेन्सको ३ दशमलव ३३ प्रतिशत, गुडवील फाइनान्सको ३ दशमलव २६ प्रतिशत र रिडी हाइड्रोपावरको शेयरमूल्य ३ दशमलव २१ प्रतिशतले घटेको छ ।